भागरथीको श’ वको यसरि गरियो अ’ न्तिम सं’ स्कार (भिडियो)
बैतडी
बैतडीकि दोगडाकेदार गाउँपालिका वडा नम्बर-७ चडेपानीकी भागरथी भट्टको आफन्तले शुक्रबार शव बुझेका छन् ।
माघ २२ गते पालिकाकै वडा नम्बर ७ को खोचलेक-चडेपानी ग्रामीण सडकभन्दा ३० मिटर तल वनमाराको झारीका उनको श’ व भेटिएको थियो ।
२४ गते शवको पोस्टमाटर्म भए पनि घट्नाका दोषी पत्ता नलागुन्जेल शव नउठाउने भन्दै अस्पतालमै रहेको थियो ।
यही बुधबार प्रहरीले घटनामा संलग्न भएको भन्दै उनकै भाइ नाता पर्ने छिमेकी १६ वर्षका एक किशोरलाई सार्वजनिक गरेको थियो ।
अहिलेसम्मको अनुसन्धान र अभियुक्तले दिएको बयानमा सबै घटनाको जिम्मा लिएका छन् ।
आफन्त भएकैले यो घटनामा अरूको पनि संलग्नता भएको आशंका गर्दै परिवारले बिहीबारसम्म पनि शव बुझेका थिएनन् ।
अहिलेसम्मको प्रहरीका प्रमाण र अभियुक्तले दिएको बयानमा अहिलेको अभियुक्त दोषी देखिएकाले शव बुझेको मृतकका काका शिवराज भट्टले बताए ।
अबको अनुसन्धान पनि निष्पक्ष हुनुपर्ने उनले बताए । प्रशासनसँगको सहमतिमा शव बुझेर महाकाली नदीमा दाहसंस्कारको तयारी गरिएको पनि उनले बताए । भागरथीको शव १७ औँ दिन देखि तेसै थियो