सोमबार , मंग्सिर १३, २०७८

यसरी सन्दिप लामिछाने अझै पनि आई पि एल खेल्न सक्छन्

फागुण ६, २०७७ बिहिबार 125

यसरी सन्दिप लामिछाने अझै पनि आई पि एल खेल्न सक्छन्

काठमाडौं

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईपीएल अक्सनमा बिक्री हुन सकेनन्। ४० लाख बेस प्राइसका साथ अक्सनमा नाम दर्ता गराएका उनलाई कुनै पनि टिमले अनुबन्ध नगरेको हो।

तत्कालीन दिल्ली डेयरडेभिल्सले सन् २०१८ को अक्सनमा सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो। उनले दिल्लीमा तीन सिजन बिताएका थिए।

सन्दीपले आईपीएल खेलेका कुल ९ खेलमा १३ विकेट लिएका छन्। सन् २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए। गत वर्ष युएईमा भएको आईपीएल संस्करणमा दिल्ली पहिलोपटक फाइनलसम्म प्रवेश गर्दा सन्दीप भने बेन्चमै रहे।

सन्दीपले आईपीएलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्ध सन् २०१८ मा डेब्यू गरेका गरेका थिए। उनले डेब्यू खेलमा चार ओभर बलिङ गरी २५ रन खर्चेर एक विकेट लिएका थिए।

अनसोल्ड हुने स्टार क्रिकेटर

साम बिलिङ्स

ग्लेन फिलिप्स

इभन लुइस

कुशल परेरा

एलेक्स हेल्स

एलेक्स क्यारी

जेसन रोय

करुण नायर

आरोन फिन्च

मुजीबउर रहमान

हरभजन सिंह

ड्यान ब्रावो

रस्सीवानडर दुसेन

मिचेल म्याग्लेनन

बेन कटिङ

जसन फेहनड्रफ

केदार जाधव

सन्दीप लामिछाने

हनुमा बिहारी

रोभवेन पावेल

शन मार्श

डेभन कोनवे

कोरी एण्डरसन

इस सोधी

मार्टिन गुप्टिल

कुरकितमान सिंह

आदिल राशिद

पवन नेगी

म्याथ्यू वेड