क्रिस मोरिस माथि पैसाको वर्षा, पाए हालसम्मकै मोटो रकम

काठमाडौँ

६ फागुन

आज भएको आइ पि एल अक्सनमा  साउथ अफ्रिकाका अल राउण्डर क्रिस मोरिस हाल सम्म कै मोटो रकम १६ करोड २५ लाखमा राजस्थान रोएल्सले खरिद गरेको छ।

त्यसतै, बंगलादेश टिमका अलराउन्डर शाकिवअल हसन कोलकाता नाइट राइडर्स (केकेआर)मा जोडिएका छन् । उनी अक्सनबाट आज ३ करोड २० लाख भारुमा केकेआरमा जोडिएका हुन् ।

यसअघि पनि उनले केकेआरका लागि खेलिसकेका छन् ।

इंग्ल्याण्डका अलराउन्डर मोइन अली महँगो मूल्यमा चेन्नई सुपर किंग्स (सीएसके)मा जोडिएका छन् । उनी ७ करोड भारुमा सीएसकेमा जोडिएका हुन् ।

अष्ट्रेलिया टिमका स्टार अलराउन्डर ग्लेन म्याक्सेवललाई रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) अनुबन्ध गरेको छ । उनलाई १४ करोड २५ लाख मूल्यमा अनुबन्ध गरेको हो ।

म्याक्सेवलले अक्सनमा २ करोड भारु बेस प्राइसका साथ नाम दर्ता गराएका थिए ।

 

 

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal