सोमबार , कार्तिक ८, २०७८

भारतिय मिडियाको खुलासा ,आइपिएल अक्सनमा सन्दिपलाई मोटो रकममा शनराईजर्स हैदरावादले किन्ने

फागुण ६, २०७७ बिहिबार 86

भारतिय मिडियाको खुलासा ,आइपिएल अक्सनमा सन्दिपलाई मोटो रकममा शनराईजर्स हैदरावादले किन्ने

काठमाडौं।

यस सिजनको इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको खेलाडी किनबेच (अक्सन) आज हुँदैछ ।

चेन्नईमा हिउँसो सवा तीन बजेदेखि अक्सन सुरु हुनेछ । यसपटकको आइपिएल अक्सनमा नेपालबाट सन्दीप लामिछानेमात्रै परेका छन् ।

८ खेलाडीले नाम दर्ता गराएपनि अन्तिम सूचीमा सन्दीपमात्रै परेका हुन् ।

अक्सनको समय आएसँगै सन्दीपको आइपिएल भविष्यका विषयमा नेपाली खेलप्रेमीकाबीचमा निकै चर्चा भइरहेको छ । सबैको चिन्ताको विषय छ, सन्दीपलाई कुनै टिमले अनुबन्ध गर्छ वा गर्दैन ।

यसअघि दिल्ली क्यापिटल्समा ३ सिजन बिताएका सन्दीपले गएको सिजनमा कुनैपनि खेल खेल्न पाएका थिएनन् । यसपटक दिल्लीले उनलाई रिलिज गरेसँगै नयाँ टिममा अनुबन्धको अवसर सन्दीपले पाएका छन् ।

तर, उनलाई चुनौती पनि उत्तिकै रहेको छ । अन्य विदेशी खेलाडीको तुलनामा कम मूल्य राखेका सन्दीपको यस सिजनको आधार मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको छ । यसबीचमा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले आइपिएल टिम सनराइजर्स हैदरावादले खरिद गर्नुपर्ने ३ खेलाडीको सूचीमा सन्दीपलाई पनि समेटेको छ ।

उसले हैदरावादले खरिद गर्नुपर्ने खेलाडीमा आरोन फिन्चसँगै सन्दीपलाई पनि उल्लेख गरेको छ । युवास्टार सञ्जु सामसनले नेतृत्व गर्ने उक्त टोलीले सन्दीपलाई भित्र्याउनु पर्ने समाचारमा उल्लेख छ ।

हैदरावादले आजको अक्सनमार्फत ३ जना विदेशी खेलाडी खरिद गर्नसक्नेछ । ५ जनाको कोटामा पहिल्यै टोलीमा २ विदेशी खेलाडी रहेका छन् । जारी सिजनका लागि उसले यसअघिका कप्तान स्टिभ स्मिथलाई रिलिज गरेको थियो ।

कुन फ्रेन्चाईजीले कति खेल्दै किन्दै छन् ?

फेब्रुअरी १८ मा हुने अक्सनका लागि भने टिमहरुले अतिरिक्त पैसा खर्च गर्न नपाउने भएका छन् । टिमले आफ्ना खेलाडी रिलिज गरेर बचाएको पैसामा नै नयाँ खेलाडी किन्नु पर्ने भएको छ ।

आइपिएलका हरेक टिमले बढीमा ८ विदेशीसहित २५ खेलाडीको टिम बनाउनु पर्ने नियम रहेको छ । यसरी हेर्दा किंग्स इलेभेन पञ्जाबसँग ५३ करोड २० लाख रकम बाँकी रहेको छ भने विदेशी ५ सहित ९ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरको ३५ लारोद ९० लाख बाँकी रहेको छ भने ४ विदेशीसहित १३ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै राजस्थान रोयल्सको ३४ करोड ८५ लाख रकम बाँकी छ भने ३ विदेशी सहित ८ खेलाडीको स्थान खाली रहेको छ ।

त्यसैगरी चेन्नई सुपरकिंग्सको २२ करोड ९० लाख रकम बाँकी छ भने एक विदेशीसहित ७ खेलाडीको स्थान खाली रहेको छ । त्यस्तै मुम्बई इण्डियन्सको १५ करोड ३५ लाख रकम बाँकी छ भने ४ विदेशीसहित ७ खेलाडीको स्थान खाली रहेको छ ।

त्यसैगरी दिल्ली क्यापिटल्सको १२ करोड ९० लाख रकम बाँकी छ भने २ विदेशीसहित ६ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै कोलकोता नाइटराइडर्सको १० करोड ७५ लाख रकम बाँकी छ भने २ विदेशीसहित ८ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादको १० करोड ७५ लाख रकम बाँकी छ भने एक विदेशीसहित ३ खेलाडीको स्थान खाली रहेको छ ।