समाचार

नयाँ गृहमन्त्रीको खोजी बादलको रिप्लेसमा गौतम ,ओली र गौतमबीच भयो यस्तो गोप्य छलफल

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको लागि अनुभवी गृहमन्त्री नभएको भन्दै नयाँ गृहमन्त्रीको खोजी गरेका छन् ।

सोहि खोजी अन्तर्गत बालुवाटारमै बोलाएर पार्टीका उपाध्यक्ष तथा एकता अभियान सुरू गरेका वामदेव गौतमलाई चुनावी गृहमन्त्री बन्न अफर गरेको खुलेको छ ।

आइतबार प्रधानमन्त्री ओलीको विशेष निमन्त्रणामा बालुवाटार पुगेका एकता अभियानका संयोजक गौतमलाई चुनावी सरकारको गृहमन्त्री बन्न अफर आयो ।

तर उनको योजना भने बेग्लै छ । उनी अब उपप्रधानमन्त्री हैन पार्टी एकता गराएर प्रधानमन्त्री नै बन्ने योजनामा छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाखमा जसरी पनि चुनाव गराउने र अनुभवी गृहमन्त्री खोजेको भन्दै चुनावी

सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न गौतमलाई प्रस्ताव गरे । उक्त भेटमा प्रधानमन्त्री ओलीले गृहमन्त्री सम्हाल्न उनलाई निकै जोड गरेका थिए ।

गृहमन्त्रीबाट बादललाई हटाउने भएपछि प्रधानमन्त्रीले गौतमलाई बोलाएर यसबारे छलफल गरेको स्रोतको दाबी छ ।

चुनाव गराउने भन्दै तयारी सुरू गरेका प्रधानमन्त्री ओलीलाई गौतमको प्रश्न गरेको बुझिएको छ ।

उनले ओलीलाई असार ५ गतेभित्र निर्वाचन गर्न नसके को गर्ने सोंच छ भन्दै प्रश्न गरेका थिए ?

जवाफमा ओलीले वैशाखमा जसरी पनि चुनाव हुने दाबी गर्दै कुनै अन्यौल नराखी चुनावी सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न आउनुस् भन्ने प्रस्ताव दोहोर्याए ।

गौतमले प्रधानमन्त्रीसँग असार ५ गते संसद् विघटन गरेको ६ महिना पुग्छ, असार ५ गतेभित्र चुनाव गराउन नसके के गर्नुहुन्छ भनेर प्रश्न गरेको बताइएको छ ।

त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले गौतमलाई तपाईंसँग चुनाव गराएको अनुभव पनि छ त्यसैले उपप्रधानमन्त्री र गृहमन्त्री बन्नुहोस् भनेर प्रस्ताव राखेका थिए ।

गौतमले भने अहिले आफू पार्टीलाई एक बनाउने अभियान थालेकाले दाँयाबाँया नलाग्ने बरू एकता गरेर प्रधानमन्त्री नै बन्ने बताएका थिए ।

संसद विघटन गरेपश्चात ओलीलाई साथ दिने भन्दै प्रचण्डको साथ छाडेका गृहमन्त्री बादल प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट हुँदै गएका छन् ।

त्यसैमाथि गतहप्ता मात्रै युवासंघको नयाँ नेतृत्वमा ओलीपक्षले आफू निकटलाई पर्गेलेपछि बादल थप रुष्ट बनेका छन् ।

ओली र बादलबीच सम्वन्ध बिग्रिएको भनिएको समयमै नेकपाको बहुमत लिएर ओलीविरुद्ध सडकमा उत्रिएका पार्टी

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षमा रहेका केहि मन्त्रीहरू आफ्नो समुहमा आउन लागेको सार्वजनिक रूपमै बताएपछि प्रधानमन्त्री ओली सशंकित बनेका थिए ।

प्रचण्डले सार्वजनिक कार्यक्रममै यस्तो खुलासा गरेपछि प्रचण्ड समुहमा जान लागेका व्यक्तिहरूको ब्यापक खोजी बालुवाटारबाट भैरहको थियो ।

बालुवाटारमा खोजी भैरहेका बेला उर्जामन्त्री टोपबहादुर रायमाझीले भने चोरले खुट्टा तान्छ भनेझैँ गरी हठात विज्ञप्ति नै निकालेर प्रचण्डले कुप्रचार गरेको र आफू ओली समूहमै रहेको बताएका थिए ।

युवासंघ गठन गर्दा एकलौटी गरिएको र यसमा आफ्नाहरूले पनि अवसर पाउनुपर्ने माग राख्दा बादलको कुरा प्रधानमन्त्री

ओलीले भने सुन्दै सुनेनन् । आफू निकट युवाहरूले पनि थप दवाव सृजना गरेपछि बादल थप संकटमा परेका छन् ।

प्रधानमन्त्रीबाट दवाव आएको र छुटाउन ओली निकट मानिने पूर्वसभामुख सुवास नेम्वाङले दवाव दिएको बिषयले पनि बादल अन्दलोचनमा परेका छन् ।

संसद विघटनसँगै घोषणा गरिएको चुनावको मिति नजिकिएको अवस्थामा गृहमन्त्रालय र प्रधानमन्त्री कार्यलयसँग तारतम्य नमिलेको प्रधानमन्त्री ओली निकट स्रोतले नै दाबी गरेको छ ।

Related Articles

Back to top button