समाचार

प्रधानमन्त्री ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्ने?

काठमाडौं

नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले संसद् पुनर्स्थापना भए केपी शर्मा ओलीले तुरुन्तै अर्को पार्टी गठन गर्ने बताएका छन् ।

यो समूहको फेसबुक पेज मार्फत् गरिएको कुराकानीमा पाण्डेले आफ्ना कार्यकर्ता सुरक्षित गर्न ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्ने बताए ।

संसद् पुनर्स्थापना भयो भने ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्छन् । आफ्ना मान्छेहरु सेक्युर गर्न लाग्छन्पाण्डेले भने ।

ओली समूहका नेताहरु संसद् पुनर्स्थापना भए अर्को निर्वाचनसम्म पार्टी एकता गर्नुपर्छ भन्ने थालेको पनि उनले बताए ।

दुई वर्ष लम्बिएर चुनाव हुने हो भने त्यस बेलासम्म पार्टी एकता गर्न सकिन्छ कि भनेर कुरा गर्न थालेको सुन्न थालेको छु उनले

भने नत्र अहिलेको आधारमा त विजोक हुन्छ भन्ने त्यहाँका मान्छेहरुलाई पनि परेको छ ।’

तर, तत्काल पार्टी एकता संभव नभएको उनले बताए । ओलीले वडा भन्दा तलसम्म छुट्टै पार्टी संरचना बनाइसकेकाले तत्काल पार्टी एकता संभव नरहेको पाण्डेको भनाइ छ ।

Related Articles

Back to top button