Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

आईपिएलको बिचमा दिल्ली टिम छोडेर कोलकत्तामा जाँदैछन् सन्दिप लामिछाने ? यस्तो छ भित्री कुरा

एजेन्सी । आईपीएल २०२० को मिड सिजन लगभग समाप्त हुँदै छ । सबै सहभागी टोलीले समान ७-७ खेल खेलेपछि आईपीएलको मिड सिजन ट्रान्सफर विन्डोज खुला हुनेछ । मिड सिजन ट्रान्सफर विन्डोजका दौरान खेलाडी एक टोलीबाट अर्को जान सक्नेछन् । जुन खेलाडीले अहिलेसम्म आफ्नो टिमको प्लेइङ एघारमा स्थान बनाउन सकेका छैनन् र पछिल्लो बाँकी आठ खेलमा पनि स्थान बनाउने सम्भावना कम भएका खेलाडी यस मिड सिजन ट्रान्सफर विन्डोजमा अर्को टिममा जान सक्नेछन् ।

त्यस्तै अहिलेसम्मको खेलमा आफ्नो टोलीको कम्बिनेसन बनाउन नसकेको टिमले पनि मिड सिजन ट्रान्सफर विन्डोजको माध्यमबाट खेलाडी अनुबन्ध गर्न सक्नेछन् । यस सिजन केही टिमको कम्बिनेसन राम्रो छ । तर, केही टिम यस्ता छन् कि यस सिजनको मिड सिजन ट्रान्सफर विन्डोज खेलाडी अनुबन्ध गर्न निकै आवश्‍यक छ ।

नेपाली क्रिकेटर सन्दीप लामिछानेले पनि यस सिजनको आईपीएलमा कुनै खेल खेल्ने अवसर पाएका छैनन् । दिल्ली क्यापिटल्समा आबद्ध लेग स्पिनर सन्दीप पनि यस मिड सिजन ट्रान्सफर विन्डोजमा अर्को टोली रोज्‍न सक्नेछन् ।     

यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको दिल्लीमा रहेका अन्य स्पिनर लयमा देखिनुले सन्दीपले यस सिजन दिल्लीको प्लेइङ एघारमा स्थान बनाउन सक्ने सम्भावना धेरै कम छ । अर्कोतिर दिल्लीमा नियमित विदेशी चार खेलाडीले स्थान बनाइरहेको र उत्कृष्ट प्रदर्शन गरिरहेकाले पनि सन्दीपले दिल्लीको प्लेइङ एघारमा स्थान बनाउने सम्भावना कम भएको हो ।

सन्दीप यस मिड सिजन ट्रान्सफर विन्डोजमा कोलकाता नाइट राइडर्स जान सक्नेछन् । कोलकातामा राम्रो लेग स्पिनरको कमी भएकाले उनी यसमा अनुबन्ध हुनसक्नेछन् । बाह्रखरीबाट