सोमबार , अषोज ४, २०७८

प’क्राउ परे वि’नयजङ्ग बस्नेत, खुल्यो सपना’लाई ध’म्की दिनुको का’रण

फागुण ४, २०७७ मंगलबार 24

प’क्राउ परे वि’नयजङ्ग बस्नेत, खुल्यो सपना’लाई ध’म्की दिनुको का’रण

काठमाडौं

सपना रोका मगरको उजुरीपछि विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।

काठमाडौंमा बेवारिसे लाश व्यवस्थापनको काम गर्दै आएका बस्नेत पक्राउ परेका हुन् ।

गत वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो ।

काठमाडौंमा बेवारिसे लाश जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।

तर भित्र भने सम्बन्ध अर्कै रहेको आरोप लागेको छ । यस विषयमा प्रतिकृया दिने क्रममा बस्नेतले आफुसँग सपनाका केही

गोप्य तस्बिर भएको भनेपछि सपना सुरक्षा माग्दै प्रहरीकहाँ पुगेकी थिइन् ।

सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि उनीहरुको सम्बन्ध बिग्रिएको बताइएको छ ।

घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।