केपी ओलीलाई सपोर्ट गर्दै प्रचण्ड, ओलिको पक्षमा जनमत बनेको प्रचण्डद्वारा स्वीकार

काठमाडौं

प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको पक्षमा जनमत बनेको स्वीकार्नु भएको छ ।

सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेकपाले आफ्नो पक्षमा मान्छे उतारेको स्वीकार गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्नुभएको नेकपाको पक्षमा उत्रिएका नागरिकलाई प्रलोभनमा परेर उत्रिएको आरोप लगाउन भने उहाँ पछि पर्नुभएन ।

उहाँले पञ्चर्यालीहरु जम्मा गर्ने, जमिन बाँड्छौँ भनेर मान्छे उतार्ने, पहिलाका राजामहाराजाले जे गर्थे त्यही गर्नु भएको छ,

त्यसको केही अर्थ र महत्व छैन नेकपाको पक्षमा उत्रिएको जनमतको अपमान गर्दै प्रचण्डले आरोप लगाउनुभयो ।

 

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal