नेपालमा नयाँ प्र’जातिको कोरोना फैलिएको आशंका, यस्ता छन् ल’ क्षणहरू?
काठमाडौं ।
कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्र’जातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाले गरेको छ ।
केही दिनदेखि नेपालमा राजनीतिक उतारचढावका साथै खुलेआमरुपमा
मानिसहरु जु’लुस, आ’मसभा, वि’रोधका कार्यक्रम लिएर सडकमा उ’त्रिएसँगै कोरोना परीक्षणमा क’मी आएको र परीक्षण
गरेका न्यून संख्यामा कोरोना पुष्टि हुनुलाई कोरोना नि’र्मूल भएको सम्झन नहुने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।नेपाल समाचारपत्रमा खबर छ ।
इ’पिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार कोरोना संक्रमितको संख्या शून्यमा नझरेसम्म उत्तिकै चु’नौती रहिरहन्छ ।
यस्तो अवस्थामा अझ संक्रमितको पहिचानका लागि ठूलो संख्यामा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।
केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ ।
भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए ।
उनीहरुसँगै सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा एस जि’न नेगेटिभ आएपछि
उनीहरुमा पनि नयाँ प्र’जातिको कोरोना भाइरस भएको आंशंका गरिएको महाशाखाले जनाएको छ ।
डा. पौडेल भन्नुहुन्छ– केही व्यक्तिहरुमा नयाँ प्र’जातिको आंशका गरिएको भए पनि जिन सि’क्वेन्सी जाँच भने गरिएको छैन ।
कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु एस जि’न नेगेटिभ आएकाले नयाँ प्र’जातिको भाइरसको आशंका गरिएको भए पनि निश्चित भइसकेको छैन ।
आशंका गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ ।’
भेरियन्ट प्र’जातिको नयाँ भाइरस हो होइन भन्ने पहिचान गर्नका लागि ‘जि’नोम सि’क्वेन्सिङ गरेर मात्र पत्ता लगाउन सकिन्छ ।
यो परीक्षण अहिले नेपालमा शुरु भइनसकेको र एक सातापछि शुरु हुने डा. पौडेल बताउनुहुन्छ
आशंका गरिएका व्यक्तिहरुको विदेश भ्रमणको तथ्यांक नभएको भए पनि जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न जिल्लाबाट यस्ता नमुना भने फ’टाफट आउन थालेका छन्।
बेलायतमा पछिल्लो समय देखापरेका नयाँ भे’रियन्ट कोरोना भाइरसको दाँजोमा ७० प्रतिशत छिटो फै’लने गरेको छ र यो
अहिलेसम्म विश्वका ८० भन्दा बढी देशमा फै’लिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।