Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

गायिका रचना रिमाल र प्रेम रायमाझीको आवाजमा ‘माया पिरतीको विषय ’ बोलको म्युजिक भिडियो सार्वजनिक

नेपाल आइडल सिजन ३ बाट निकै चर्चामा रहेकी गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। माया पिरती नामको बोल रचना रिमाल र प्रेम रायमाझीको सुमधुर स्वरमा सार्वजनिक भएको छ
पछिल्लो समय नेपाली गीत संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। एक तवरले भन्ने नै हाे भने गीत संगीत पनि एउटा सुखदुःखकाे सहयात्री जस्तै हुन् दु:ख पर्दा हाेस् या खुसी उत्साहकाे बखत सुन्ने र रमाउने भनेकै गीत संगीत हाे। अाखिर गीत संगीतलाई माया नगर्ने र नरुचाउने त काे नै हाेला र।

समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । कुनै गीत संगीत दर्शकस्राेताकाे आँखै रसाईदिने खालका त कुनै गीत संगीतले ननाचे पनि बारुली कम्मर मर्काएर नाच्दिउ नाच्दिउ जस्तो खैर जे हाेस् गीत संगीतको विषेशता भनेकै यहीँ हाे।

जे हाेस् पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ। यसैक्रममा पछिल्लो समय अत्याधिक रुचाइएकी गायिका रचना रिमाल र प्रेम रायमाझीको आवाजमा एउटा फरक किसिमको नयाँ गित ‘माया पिरतीको विषय ’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । गितमा शब्द लेखु सहयात्रीको रहेको छ भने सङ्गीत प्रेम रायमाझीको रहेको छ। गितमा एरेन्ज भने बि बि अनुरागीको रहेको छ ।

त्यसैगरी गीतको भिडियोमा वर्षा सिवाकोटी र ओ बि रायमाझीको दमदार अभिनय देख्न सकिन्छ। यसै गीतको गितको निर्देशन चाहि क्रान्ति केसीले गरेका छन्। सो भिडियोलाइ प्रेम रायमाझीको युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ । हेर्नुस् भिडियो