सोमबार , अषोज ११, २०७८

विनयजंगको घरमा छापा ,घिसारेर चौकी लैजान्छु भन्दै विनयजंगको घरमा पुग्ने यिनी को हुन् ?(भिडियो हेर्नुस्)

फागुण २, २०७७ आइतबार 13

विनयजंगको घरमा छापा ,घिसारेर चौकी लैजान्छु भन्दै विनयजंगको घरमा पुग्ने यिनी को हुन् ?(भिडियो हेर्नुस्)

काठमाडौँ

वेवारिसे शव ब्यवस्थापनमा लागेर बीबीसीमा शक्तिशाली १०० महिलाको लिष्टमा परेकी सपना रोका र उनले बुवा मानेको

विनयजंग वस्नेतबीचको विवादका बीच अन्य ब्यक्तिहरुको पनि संलग्नताले अहिले सामाजिक सञ्जाल युट्युवमा चर्चाको विषय बनेको छ ।

युट्युवमा उनीहरुको सम्बन्धलाई लिएर निकै टिकाटिप्पणी भइरहेको छ । यतिबेला सपना पनि आफु अन्यायमा परेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिन गएकी छन् ।

तर सपनाले प्रहरी प्रशासनले आफुलाई सहयोग नगरेको भन्दै गुनासो गरेकी छन् ।

सामाजिक सञ्जाल फेसवुकमा कानुनको विश्वास गरेर यतिन्जेल चुप लागेको बसेको र तर आफ्नो सुनुवाई नभएको भन्दै गुनासो गरेकी थिइन् ।

तर यो विषयमा सबैभन्दा बढी आफुलाई सामाजिक अभियन्ता भन्ने सर्मिला वाइवाले टिप्पणी गरेकी छन् ।

उनले विभिन्न युट्युव च्यानलमा उनीहरुको सम्बन्ध केहो खुलस्त वाहिर आउनुपर्यो भन्दै आएकी छन् ।

उनी पनि केही समय विनयजंगसंग काम गरेको बताउँछिन् । विनयजंगको संस्थाको सदस्य पनि भएका नाताले अहिले विनयजंगको घरमा पुगेको बताउँछिन् ।

उनी अहिले अकस्मात विनयजंगको घरमा पुग्दा उनको घरमा ताला लागेको छ ।

उनले विनयजंगलाई फेला परे घिसारेर भएपनि प्रहरी कार्यालय लैजाने चेतावनी दिएकी छन् ।

छोरी मानेको सपना माथि अन्याय गरेको भन्दै उनले त्यसको जवाफ दिनुपर्ने बताएकी छन् ।

उनले सपना र विनयजंगलाई संगै राखेर कुरा गर्ने प्रयास गरेको भएपनि त्यो सफल हुन नसेकेको बताइन् ।

उनले सपनाको भिडियो सार्वजनिक गर्ने युट्युवरलाई पनि चेतावनी दिएकी छन् । अनुप लिम्बु नाम लिएर उनले यस्तो चेतावनी दिएकी छन् ।