समाचार

रोकिराखेको ट्रकमा माइक्रो बस ठो’ क्किँदा २ जनाको मृ’ त्यु, ५ घा’ इते

धादिङ्ग

पृथ्वीराजमार्गस्थित चरौंदी बजारमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा २ जनाको घ’ टनास्थलमै मृ’ त्यु भएको छ भने ५ जना घा’ इते भएका छन् ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस बेनीघाट चरौंदी बजार रातोघरनेर रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रकमुनि छिरेको थियो ।

उक्त घटनामा माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी ५० वर्षीया हिरामाया गुरुङ र

नवलपरासी रजहरकी ६५ वर्षीया कृष्णकुमारी केसीको घटनास्थलमै मृ’ त्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

दु’ र्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।

Related Articles

Back to top button