सोमबार , अषोज ४, २०७८

बुटवलमा केपी बा आइ लभ यू नारा लाग्यो – आज हैन भोलिलाई, पाँच वर्ष ओलीलाई

फागुण १, २०७७ शनिबार 20

बुटवलमा केपी बा आइ लभ यू नारा लाग्यो – आज हैन भोलिलाई, पाँच वर्ष ओलीलाई

बुटवल

पार्टीको आन्तरिक विवादबाट दुई कित्तामा विभाजित भएको नेकपामध्ये सत्तारुढ नेकपाले बुटवलमा निर्वाचनको स्वागत स्वरुप जनसभा गरेको छ।

लुम्बिनी प्रदेश कमिटिले आयोजना गरेको सभा र सभामा सहभागीहरुले जनसभालाई चुनावी सभाको रुपमा अर्थ्याएका छन्।

बुटवलको मुख्य सडकमा केपी ओलीका तस्वीरअंकित पोष्टरहरुसहित प्रचार गरिएको सभामा आउनेहरुले नाराबाजी नै गरे–आज हैन भोलिलाई, पाँच वर्ष ओलीलाई।

लुम्बिनी प्रदेशका जिल्लाहरुबाट गाडीमा ल्याइएका सहभागी कार्यकर्ताहरुले केपी ओली केन्द्रित नाराबाजी गरेका थिए।

‘केपी बा आइलभ यू, केपी ओली जिन्दावाद्, आज हैन भोलिलाई पाँच वर्ष ओलीलाई’ जस्ता नाराबाजी गर्दै

कार्यकर्ताहरु बुटवलको बाक्लो बस्तीको बीचमा रहेको सिद्धेश्वर माविको मैदानमा पुगेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरु सबैजसोले अधिकांश समय प्रचण्ड र माधव नेपालको आलोचना, कमजोरी र आनीबानीहरुका बारेमा टिप्पणी गर्न खर्चिए।

जनयुद्धताका भएगरेका घटनाक्रमहरु, पार्टी एकता, प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री हुँदाताका विषयहरु र घटनाक्रमहरु नेताहरुले कोट्याए।

आगामी वैशाखमा हुने चुनावमा लुम्बिनी प्रदेशमा सबै क्षेत्रमा नेकपाले जित हासिल गर्ने बताउँदै उनीहरुले चुनावका लागि तयार रहन आह्वान गरे।