समाचार

प्रचण्डलाई प्रधानमन्त्रीको कडा जवाफ राम जन्मेको प्रमाणित गर्न सुडेनी खोज्न कहाँ जाऊँ ?

काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी राम जन्मभूमीका बारेमा कुरा उठाएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतदान स्थल चितवनको ठोरीलाई भगवान रामको जन्मस्थान भएको हुनसक्ने भन्दै उनले अध्ययन हुनुपर्ने बताएका थिए ।

उनले प्रचण्डमाथि रामको जन्म मिति र जन्म भूमिलाई लिएर प्रश्न उठाउँदै टिप्पणी गरेका छन् ।

शनिबार बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडासम्म केबलकार शनिबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामको जन्म स्थान प्रमाणित गर्न सुडेनी खोज्दै जाँउ त भनेर प्रश्न उठाएका हुन्।

प्रचण्डले धार्मीक कुरा उठाएर राजनीतिमा तरंग मात्र ल्याउन खोजेको आरोप लगाएका थिए ।

उनले धर्मलाई राजनीतिक एउण्डा बनाएर भ्रम छर्न खोजेको उनको भनाई छ ।

‘अस्ति एक जना मान्छेले भाषण गर्दा भन्नु भो– केपी ओलीले राम जन्म भूमिमा राम र सीताको मन्दिर बनाउने र प्रतिमा

स्थापना गर्ने भन्ने सुन्दै छु तर त्यो भन्दा अगाडि प्रमाणित गर्नुप¥यो नि राम त्यहीँ जन्मिएका थिए भनेर उनले भने अब म

त्यसबेलाका सुडेनी खोजेर ल्याउँ कि के खोजेर ल्याऊ, राम जन्माउँदा कौशल्याका छेउमा मै थिए भन्ने को फेला पर्ला।’

उनले कतिपय कुराहरु श्रृति, परम्पार, व्यवहार र दर्शनका आधारमा पुष्टि हुने बताए।

उनले यो धेरै पुरानो भएका कारण मेसोपोटामियाको जस्तो यहाँ माटोको हाडी खोजेर नभेटिने बताए।

Related Articles

Back to top button