राजेश हमाल अभिनेता हुन् , छुवाछुत हटाउन फिल्डमा उत्रेका पात्र हैनन्’ : भीम उपाध्याय

लेखक: पुर्वसचिव भिम उपाध्याय : राजेश हमाल काण्ड: जात, ईसाई लगानी र अभिनेता !
राजेश हमालको एक पेशेवर अभिनेता हुन्। उनी कार्क्रम प्रस्तोता पनि हुने गर्छन्, मोडेलिङ पर्ने गर्छन्। यी सबै उनको पेशा हो, जिविकार्जनको मेसो हो। सबैले गरेरै खाने हो। उनले पनि अरूले जसरी आफ्नो काम गरेर खाएका छन्। हामीले पैसा तिरेर मनोरंजन बदलामा पाएका छौँ।

उनको अभिनय लाखौँलाई मन पर्छ। जनताले उनको कार्यक्रम हेरेर मान सम्मान दिएका छन्। हाम्रो नाता एक कलाकार र दर्शकको मात्र हो। उनको जिवन समाज सेवा, समाज परिवर्तनका अभियान वा अन्य समाज परिवर्तनमा आफै लागेका पाटाहरू केही छन् कि छैनन् त्यो चर्चामा त्यति आएको देखिदैन।अहिले विवादास्पद चर्चा उनबाट प्रस्तुत गराईएको जातको प्रश्न टिभी कार्यक्रम बन्न पुगेको छ। उनले त्यसमा काम गरेका हुन्, करार गरेर पैसा लिएका हुन्, अनिनय गरेका छन् र त्यो अभिनयले मनोरंजन पनि दिएको होला। तर प्रश्न मनोरंजनमा हैन, विषय, प्रायोजन र प्रस्तोताप्रतिको उच्च सम्मान दाउँमा लागेकोमा देखिन्छ। जात के हो? कार्यक्रममा लगानी कसको?

प्रस्तुतिमा उनले रोजगार गरेका हुन् कि उनले विश्वास वा मिशन हो? यसमा चर्चा गरिनुपर्ने देखिन्छ। त्यो उनले राम्ररी बुझेर गरेका हुन् कि प्रायोजकका लागि रोल खेलिदिएका हुन्? यसको उत्तर उनका शुभचिन्तकहरूले खोजिरहेका पनि देखिन्छन्।रामायणमा सिताको भूमिका खेल्ने अभिनेत्रीलाई कतै कुनै पार्टीमा लगाएको भड्किलो देखिने लुगामा देखेर उनलाई सिता माता ठान्नेहरूले नै खेदो गरेका थिए। अभिनय भनेको नाटकमा भूमिका खेलेको हो, रियल हैन भन्ने नबुझ्ने को हुन्छन् र? तर पनि मानिसले कसैलाई कसरी आदर्श मानेर मनमा गढ्दो रहेछ सीताको भूमिका गर्ने अभिनेत्रीले भोग्नु परेको थियो। पेट पाल्न गरेको कामलाई आदर्श मान्न थाल्यो भने त्यसले समाजमा नैतिक समस्या खडागरिदिन्छ भन्ने यो एक नमूना हो।

राजेश हमालप्रतिको अहिले देखिएको विरोध वा आक्रोशको कारण समता फाउण्डेशन र क्रिष्चियन एड नेपालको लगानीमा संचालित जातलाई उछालेर समाजमा बैमनश्ययता थप्ने कार्यक्रम संचालन गर्यो भन्ने आरोप रहेको बुझिन्। जात, लगानी र प्रस्तोताको इमेज-यसमा विवाद उठ्यो। सनातन हिन्दू शास्त्रीय पद्दतिमा जात भन्ने हुदैन, वर्ण ब्यवस्था हुन्छ। वर्ण भनेको जात हैन, पेशाको वर्ग हो

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal