Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

राजस्थानविरुद्ध आज सन्दीपले मौका पाउने प्रबल सम्भवना

काठमाडौं, २८ असोज : आईपीएलको १३ औँ सिजन अन्तएगत आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दै छन् । दिल्ली र राजस्थानबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु दुबईमा सुरु हुनेछ ।

दुबै टिमको यो आठौँ म्याच हो । दिल्लीले सात खेलमा २ मा हार र ५ खेलमा जित हासिल गरेको छ । राजस्थानले ७ मध्ये तीनमा जित र चार खेलमा हारको सामना गरेको छ ।

जारी आईपीएलमा दिल्ली राम्रो लयमा देखिएको छ । यद्यपि पछिल्लो समयमा टिमका महत्वपूर्ण सदस्य घाइते भएपछि दिल्लीलाई केही असर पर्ने देखिन्छ । टिमका स्टार स्पिनर अमित मिश्रा र वीत्र गतिका बलर इशान्त शर्मा चोटका कारण लिगबाटै बाहिरिएका छन् ।

साथै, टिमका अर्का महत्वपूर्ण सदस्य ऋषभ पन्त पनि घाइते छन् । यी खेलाडीको अनुपस्थितिमा दिल्लीले लय गुमाउने सम्भावना पनि छ । मुम्बईविरुद्ध दिल्लीले हार ब्यहोरेकाले आजको खेलमा दिल्लीको अन्तिम-११ मा केही परिवर्तन देख्न पाइने सम्भावना छ ।

मुम्बईविरुद्ध दिल्लीले ऋषभ पन्त र शिमरोन हेटमायरलाई विश्राम दिँदै एलेक्स क्यारी र आजिक्य रहाणेलाई मौका दिएको थियो ।

राजस्थानविरुद्ध सन्दीपको सम्भावना कति?

यूएईका मैदान स्पिनर अनुकूल भइरहेकाले राजस्थानविरुद्ध दिल्लीले तीन स्पिनरलाई पनि मैदान उतार्न सक्छ । यसो भएमा दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीपले प्लेइङ ११ मौका पाउन सक्छन् ।

गएराति सम्पन्न खेलमा यही मैदानमा चेन्नई सुपर किंग्स (सीएसके)ले सनराइजर्स हैदरबादविरुद्ध रवीन्द्र जडेजासहित तीन स्पिनरलाई खेलाएको थियो । सन्दीपले यसअघिका सात म्याचमा पनि प्लेइङ-११ मा मौका पाएका थिएनन् ।

उनी लगातार तेस्रो पटक दिल्लीमा जोडिएका छन् । उनलाई दिल्लीले प्लेइङ-११ मा मौका नदिएको भन्दै सन्दीपका समर्थक दिल्लीप्रति आक्रोशित पनि भइरहेका छन् ।

दिल्लीले जारी सिजनको सुरुवातका सात म्याचमा विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, कागिसो रबाडा, एनरिक नोर्खिया र शिमरोन हेटमायरलाई खेलाएको थियो ।