सोमबार , कार्तिक ८, २०७८

एकसाथ सय भन्दा बढी सवारी दु’ र्घटना, यति धेरैको भयो मृ’ त्यु

माघ ३०, २०७७ शुक्रबार 24

एकसाथ सय भन्दा बढी सवारी दु’ र्घटना, यति धेरैको भयो मृ’ त्यु

काठमाडौँ

अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँदा कम्तिमा ६ जनाको मृ’ त्यु भएको छ ।

बरफ जमेर सडक चिप्लो भएका कारणले दु’ र्घटना भएको बताइएको छ ।

स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए ।

दु’ र्घटनामा घा’ इते भएका ३६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको न्यूयोर्क टाइम्सले जनाएको छ।

त्यहाँको फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के र कारहरू परेका हुन्।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडियोमा एउटा गाडीमाथि अर्को गाडीको चाङ लागेको देखिएको छ ।

खप्टिएका सवारी निकाल्न ट्रकको प्रयोग गरिएको र हरेक सवारीमा ड्राइभर र यात्रु छन् कि भनेर खोजी भइरहेको समाचारमा जनाइएको छ ।