सोमबार , अषोज ४, २०७८

कांग्रेसले भनेको कम्युनिस्ट ठग हुन् भन्ने कुरा प्रचण्डद्वारा पुष्टि, कांग्रेसको खुट्टा ढोग्न आइपुगे

माघ ३०, २०७७ शुक्रबार 23

कांग्रेसले भनेको कम्युनिस्ट ठग हुन् भन्ने कुरा प्रचण्डद्वारा पुष्टि, कांग्रेसको खुट्टा ढोग्न आइपुगे

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड ले प्रधानमन्त्री केपी ओलीलाई ‘ठग’ भनेर आलोचना गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गमा बुधबार नेकपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा दाहालले ओलीले ठग

भनेर आलोचना गरेका हुन् । दाहालले ओलीलाई ठगी धन्दा चलाएको आरोप लगाएका छन् ।

‘केपी ओलीको ठगी धन्दा हो । ओली ठग हो । नाटक हो । कसरी ठग्नु हुन्छ मैले तीन वर्षमा देखे’, नेकपाका अध्यक्ष दाहालले भनेका छन् ।

सुकुम्वासी आयोग बनाएर जग्गा वितरण गर्ने कुरा ओलीको ठगी रहेको दाहालले बताएका छन् ।

‘ओलीबाट माखो मर्दैन । सुकुम्वासी आयोगले काम गर्दैन’, उनले भने, ‘सुकुम्वासीलाई जग्गा हामीले दिन्छौँ ।’

दाहालले निर्वाचन आयोगलाई ठगी धन्दाको पछि नलाग्न आग्रह गरेका छन् । ‘निर्वाचन आयोगले राम्रो संकेत दिएको छैन’,

आयोगले आफूहरूलाई वैधता दिनेतर्फ संकेत गर्दै उनले भने, ‘आयोगलाई ठगी धन्दाको पछाडि नलाग्नुस् मात्रै भनेका हौँ ।’

नेपाली कांग्रेसले कम्युनिस्ट र कम्युनिस्टहरूले झुठको खेती गरेर जनता झुक्काउने गरेको आरोप लगाउँदै आएको छ । नेकपाका

अध्यक्ष दाहालले नै बुधबारको विरोध सभालाई सम्बोधन गर्दै ओलीलाई ठग भनेर कांग्रेसको आरोपलाई पुष्टि गरेका छन् ।

दाहालले ओलीका दुई जना मन्त्रीसँग आफ्नो कुरा भइरहेको बताएका छन् । उनले दुई जना मन्त्रीलाई आफूहरूतिर ल्याइने बताए ।

बुधबारको विरोध सभामा पाँच लाख कार्यकर्ता ओरालेको दाबी दाहालले गरेका छन् । उनले भने, ‘ओली सुध्रिएनन् भने बालुवाटार र सिंहदरबारमा दश लाख जनता ल्याएर घेराउ गर्न नपरोस् ।’

ओलीको चुनावी नौटंकीमा कोही पनि नलाग्न दाहालले आग्रह गरेका छन् ।

नेपाली कांग्रेसप्रति असन्तुष्ट देखिएका नेकपाका अध्यक्ष दाहालले कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षाका लागि मिलेर ओलीविरुद्ध आन्दोलन गर्न आग्रह गरेका छन् ।

नेकपा कानूनी रुपमा विभाजन भएको छैन । नेकपाको पहिलो अध्यक्ष ओली हुन् । दोस्रो वरीयताका अध्यक्ष दाहालनै हुन् ।

दाहालले आफ्नै अध्यक्ष ओलीलाई ठग भन्नु आफू र कम्युनिस्टहरू सबै ठग भएको स्वीकार गर्नु रहेको भन्दै चर्चा शुरु भएको छ ।

‘लोकतान्त्रिक छवि बनाएको कांग्रेस कुनै भ्रममा पर्न आवश्यक छैन’, दाहालले भने, ‘शान्ति सम्झौतामा गिरिजाप्रसाद

कोइरालाले हस्ताक्षर गर्नुभएको हो । संघीय लोकतान्त्रिक मुलुकलाई गिरिजाप्रसादले घोषणा गर्नुभएको हो । कांग्रेसले सम्झिनुभएको होला ।’

‘प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान बनेको हो । कांग्रेसले सुशील कोइरालालाई फादर अफ कन्सिच्युशन भन्नु हुन्छ । देउवाजी हुनुहुन्छ ।

संयुक्त आन्दोलन गरौँ । ओलीको निरंकुशता परास्त गर्ने कांग्रेसलाई अवसर हो । अवसर गुम्न नदिनुस् । हामी हातेमालो गर्न तयार छौँ ।’

अध्यक्ष दाहालले नाम नलिएर भारतले आफूहरूको आन्दोलनलाई समर्थन गर्नुपर्ने बताए ।

‘अन्तर्राष्ट्रिय जगतले नेपालमा लोकतन्त्रको हत्या भएको हेरेर बसेका छन्’, उनले भने, ‘संसारकै ठूलो लोकतान्त्रिक देश ठान्ने हाम्रो छिमेकीले बोल्नुपर्छ । हाम्रो आन्दोलनमा सहयोग चाहेका छौँ ।’

दाहालले ओलीविरुद्धको आन्दोलनमा एक्लै केही गर्न नसक्ने अवस्था भएपछि कांग्रेसको खुट्टा ढोग्न आइपुगेका छन् । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा धोका दिएका दाहालले

कांग्रेसलाई भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई मेयरमा जिताएपछि ओलीसँग मिल्न पुगेका थिए । ओलीले अहिले दाहाललाई सडकमा ल्याइदिएका छन् ।

गृहमन्त्री रामबहादुर थापालाई दाहालले दिमाग नभएको नेता भनेर आलोचना गरेका थिए ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******