एकै पटक २ मोटरसाइकललाइ टिप्परले ठ क्कर दिंदा २ जनाको मृ त्यु ,तीन घा’इते

सुनसरीको इटहरी

१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृ त्यु भएको छ भने दुई जना सामान्य घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घा’इते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घा’इते भएको प्रहरीले जनाएको छ ।

घा’इते भएकाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठ’क्कर दिने सबै सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय सलमकुमार सरदार प्रहरी नियन्त्रणमा छन् ।

त्यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिकामा भएको दुर्घ’टनामा एकको मृ’त्यु भएको छ भने एक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटननामा परी मृत्यु हुनेमा कालिका नगरपालिका–५ का २२ वर्षीय सुरेश चौधरी रहेका छन् ।

पूर्व पश्चिम राजमार्गको खैरहनी नगरपालिका–१ तरकारी चोकमा लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख १७४०

नम्बरको बसमा सोही दिशाबाट आइरहेको ना५९प ८७७ नम्बरको मोटरसाईकल आज बिहान ठक्कर खाएको थियो ।

ठ’क्करबाट घा’इते मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घ’टनामा परी मोटरसाइकलको पछाडि सवार अर्का एक जना घाइते भएका छन् ।

घाइते हुनेमा कालिका नगरपालिका–५ का ३१ वर्षीय सुनिल चौधरी रहेका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घा’इते चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठ’क्कर खाने दुवै सवारी साधन प्रहरीको निय’न्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal