सोमबार , कार्तिक ८, २०७८

विरोधसभामै पुर्वमाओवादीले माधव नेपालको यस्तो अपमा…न गरेपछि भयो हंगामा

माघ २९, २०७७ बिहिबार 48

विरोधसभामै पुर्वमाओवादीले माधव नेपालको यस्तो अपमा…न गरेपछि भयो हंगामा

काठमाडौं

सिंगो नेकपा हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले पटक पटक उठाईरहनु भएको विषय हो मेरो अपमान भयो ।

उहाले पार्टी फुटपछि पनि यो विषय निक्कै दह्रो गरी उठाउनु भयो ।

विभाजनपछिका हरेक कार्यक्रममा अहिलेको पार्टीमा आफ्नो मान हुने र पुष्पकमल दाहाल प्रचण्डसँग ४० वर्ष अघिदेखी सहकार्य रहेको पनि खुलासा गर्दै आउनु भएको छ ।

बुधबार काठमाडौंमा भएको विरोधसभाको आसन ग्रहणमा उद्घोषक लिलामणी पोखरेलले उहालाई सार्वजनिक रुपमै अपमान गर्नुभएको हो ।

आसन ग्रहणको क्रममा उहाले प्रमुख वक्ता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको बताउनु भयो । त्यसपछि अर्का अध्यक्ष नेपाल वक्ता मात्र भएको जानकारी गराउनु भयो ।

नेपाललाई वक्ता मात्र भनेपछि सिटमा बसिरहनु भएका नारायणकाजी श्रेष्ठ उठेर पोखरेललाई कहाँ उहा (नेपाल) पनि प्रमुख वक्ता नै हो नि भनेर जानकारी गराउनु भयो ।

मञ्चमै रहनु भएका नेपाल त्यसबेला अमिलो मन लगाएर बसीरहनु भएको थियो ।

त्यसपछि उद्घोषक पोखरेलले क्षमा मागेर प्रमुख वक्ता भएको सुधार गर्नुभयो ।

माधव नेपालले अपमान महसुस गर्न सक्ने देखेपछि प्रचण्डले उहासँग हाँस्दै कानेखुसी गर्नुभएको थियो ।

स्मरण रहोस्, सो समुहले माधव नेपाल पहिलो अध्यक्ष भन्दै आईरहेको छ । व्यवहार भने प्रचण्डलाई नै पहिलो अध्यक्ष मान्दै आएको छ ।