Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

चौरजहारिको बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास

रुकुम पश्चिम असोज २७   Paluwakhabar      शहीद यज्ञश्वर स्मृती बहुप्राविधिक शिक्षालयको भवन शिलान्यास गरिएको छ । रुकुमपश्चिम स्थित चौरजहारी नगरपालिका १मा १० कोठे भवनको मंगलबार शिलान्यास गरिएको हो । शिक्षालयले डिप्लोमा इन फरेष्ट्री कार्यक्रम सचालन गर्दै आएकोमा चालु शैक्षिक सत्र देखी डिप्लोमा इन कम्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ कार्यक्रम संचालन गर्ने भएको छ । चौरजहारी नगरका प्रमुख विशाल शर्मा उप प्रमुखा राधा रोका तथा वडा १का वडाध्यक्ष भद्र बहादुर विष्ट, तथा शिक्षालय प्रमुख सुरेश चन्द्र गुप्ता लगायतको भवन शिलान्यास कार्यक्रममा सहभागीता थियो ।