समाचार

साढे पाँच घण्टा पछि यस कारण रिहा गरियो रामकुमारी झाँक्रीलाई?

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले गिरफ्तार भएलगत्तै अर्को कडा प्रतिक्रिया दिएकी छिन ।

नेतृ रामकुमारी झाँक्रीले गिरफ्तार भएलगत्तै धैर्य गर्न आग्रह गरेकी छन् । प्रहरीले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न भन्दै पक्राउ गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

….अपराध अनुसन्धान मीनभवनमा छु झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्स बै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाईं हो । आफ्नो ठाउँमा डटौं ।

उनलाई प्रहरीले मुलुकी अपराध संहिता २०७२ को दफा ५८ सम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ ।

यस्तै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए ।

रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो प्रचण्डले भने ।

आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले बताए । यसबारेमा आफूले निर्णय गर्ने पनि उनले जानकारी दिए ।

त्यस्तै नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ ।

प्रचण्ड–माधव समूहले भने राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्  संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति

स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, नि’रं’कुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन् । साथै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका छन् ।

यस्तै यता झाँक्री पक्राउको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले विरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्भ नेर सडकमा नारा लाग्दा कोही

नसमातिएको राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा–लेख्दा कसैमाथि मुद्दा लगाएको

नसुनिएको तर आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झाँक्रीलाई राष्ट्रपतिको आलोचना गरेको

अभियोगमा गिरफ्तार ! हेक्का रहोस् आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस्

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।

उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।

Related Articles

Back to top button