Saturday, October 24सुदुर मिडिया द्वारा संचालित
Shadow

बिश्व हिन्दु युवा संघले मनोनीत गर्यो जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य

काठमाडौं असोज २७
बिश्व हिन्दु युवा संघले १५ वटा जिल्लाको जिल्ला अध्यक्षको टंगो लगाएको छ।संघका अध्यक्ष ऋषिकेश जंग शाहले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै कैलालीको अध्यक्षमा दिनेश कलेल,डडेल्धुराको अध्यक्षमा मनमोहन पान्डे,बाकेको अध्यक्षमा सुरज राज मल्ल,बर्दियाको अध्यक्षमा निर्मल शाह,सुर्खेतको अध्यक्षमा सगर शाही,हुम्लाको अध्यक्षमा अमर बुढा,दाङको अध्यक्ष दिनेश जंग शाह,नवलपुरको अध्यक्षमा लक्ष्मण रिजाल,चितवनको अध्यक्षमा घनश्याम पौडेल,काठमाडौंको अध्यक्षमा प्रनिश जंग शाह,ललितपुरको अध्यक्षमा सागर अमात्य,स्याङ्जा अध्यक्षमा नवराज पौडेल,महोत्तरीको अध्यक्षमा कमल हमाल,सप्तरीको अध्यक्षमा अर्जुन यादव,कालिकोटको अध्यक्षमा नेत्र देवकोटा र रुपन्देहीको अध्यक्षमा शिव मल्ललाई मनोनीत गरिएको छ। संघका अध्यक्ष शाहले आजै केही केन्द्रिय सदस्य पनि मनोनीत गर्नु भएको छ। आज मनोनीत हुने केन्द्रियहरु शशांक शर्मा,शिरोमणि ओझा, तिलक प्रसाद श्रेष्ठ,कृष्ण प्रसाद अधिकारी,भान बहादुर चन्द(भास्कर),सुबास कडरिया,होमनाथ पौडेल रहेका छन। मनोनीत केन्द्रिय सदस्य शशांक शर्मालाई युरोप संयोजक पनि तोकिएको छ।