मंगलबार , अषोज ५, २०७८

प्रहरीले प’ क्राउ गर्ने तयारीमा रहेकी झाक्री मुखमा कालो टेप

माघ २८, २०७७ बुधबार 18

प्रहरीले प’ क्राउ गर्ने तयारीमा रहेकी झाक्री मुखमा कालो टेप

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर दिएको अभिब्यक्तिका कारण अहिले प्रहरी उनलाई प’ क्राउ गर्ने तयारीमा छ ।

उनी बाग्लुगंमा पार्टी कार्यक्रमका लागि पुगेकी थिइन् । बुधवार आन्दोलनरत नेकपाले काठमाडौमा आयोजना गरेको विरोध सभामा सहभागी हुन उनी काठमाडौ आइपुगीन् ।

***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

उनलाई काठमाडौ प्रवेश गर्ना साथ पक्राउ गर्ने योजना प्रहरीको थियो । तर रामकुमारी एकै पटक मञ्चमा पुगीन् ।

आफुलाई प्रहरीले पक्राउ गर्न खोज्दैछ भन्ने थाहा पाएकी रामकुमारीले बुधवारको कार्यक्रममा फरक शैली प्रस्तुत गरिन् ।

उनी मुखमा कालो टेप टाँसेर मञ्चमा पुगेकी थिइन् । प्रतिगमन मुर्दावाद लेखिएको कपडा लगाएकी उनले भाषण गर्न माइक अगाडी पुग्नु अघि त्यो लुगा फुकालिन् ।

मञ्चमा पुगेर मुखको माक्स खोलिन् । तर माक्स भित्र कालो टेपले मुख थुनेकी थिइन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

प्रतिगमनका विरुद्ध आवाज उठाउँदा आफुलाई तारो बनाइएको संकेत उनले गरेकी थिइन् ।

उनले मुखमा लगाएको कालो टेप निकालेर भनिन् , बोल्न पाइन्छ। प्रतिगमन विरुद्ध बोल्न पाइन्छ ।

हामी बोल्न जन्मिएका हौं। झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो।

त्यहाँ पनि उनले राष्ट्रपति लक्षित शब्द बोल्न छुटाइनन् । उनले राष्ट्रपतिलाई मन्त्रीपरिषद र प्रधानमन्त्रीको असिष्टेण्ट जस्तो जे

सिफारिसका लागि लग्यो त्यसैमा मोहर लगाउने गरेको आरोप लगाइन् ।

ुउनले राष्ट्रपति एक संस्था भएकाले त्यसको लागि आफुहरुले पनि ठूलो त्याग गरेको बताइन् ।

उनले भनिन् राष्ट्रपतिको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन् प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

केही दिनअघि झाँक्रीले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन्।

ओली समर्थक अखिल नेपाल महिला संघले झाँक्रीलाई कारवाहीको माग राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***