सोमबार , कार्तिक १, २०७८

रामकुमारी झाँक्रीलाई जनसभाबाटै समात्न बालुवाटारको निर्देशन

माघ २८, २०७७ बुधबार 29

रामकुमारी झाँक्रीलाई जनसभाबाटै समात्न बालुवाटारको निर्देशन

काठमाडौँ

ओली नेतृत्वको काम चलाउ सरकारले नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्ने तयारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई जोडेर आपत्तिजनक र अशोभनीय अभिव्यक्ति दिएको आरोपमा झाँक्रीलाई गिरफ्तार गर्न लागिएको हो ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ओली समूहका महिला नेतृहरुको समूहले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर झाँक्रीलाई समात्न गर्न दबाब दिएका थिए ।

त्यस क्रममा ओलीले झाँक्रीलाई समात्न प्रहरीलाई निर्देशन दिने आश्वासन दिएका थिए ।

श्रोतका अनुसार राष्ट्रपति भण्डारीले पनि आफ्नाबारेमा आपत्तिजनक अभिव्यक्ति दिँदै हिंडेकी झाँक्रीलाई समातेर थुन्न दबाब दिएकी छन् ।

झाँक्रीले मदन भण्डारीको हत्यापछि सेतो फरिया लगाएर भण्डारीलाई राजीतिमा ल्याउनु गल्ती भएको बताएकी थिइन् ।

यस्तै उनले आलंकारिक राष्ट्रपतिमा शक्तिको उन्माद चढेको भन्दै राजनीति गर्न मन भए चुनावमा आउन चुनौती दिएकी थिइन् ।

झाँक्रीले शीतलनिवास छाडेर कि बानेश्वरको निजी निवासमा वा केपी ओली निवास बालकोट जान पनि भनेकी थिइन् ।