समाचार

भागरथीले फेसबुकमा यसरी लेखेकी थिइन् मन हो एक पटक मरेपछि सकियो,विरुवा होइन जुन बारम्बार पलाइरहने

कैलाली

बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टले सामाजिक सञ्जाल फेसबुकमा भूमीका भट्ट नाम राखेकी रहिछन्।

प्रोफाइल हेर्दा धेरै पोस्ट देखिदैन्। तर उनले गरेका कमेन्ट र त्यसको रिप्लाईमा देखाएको सक्रियताले उनी बिस्तारै सामाजिक सञ्जालमा अभ्यस्त हुँदै गएको देखिन्छ।

उनले प्रोफाइलमा मृत्यु भएका बुवा र आफुसँगै बस्ने आमाप्रति अगाध प्रेम ब्यक्त गरेकी छन्।

भुमिकाले प्रोफाइलमा लेखेकी छन्, मन हो एकपटक मरेपछि सकियो, विरुवा होइन जुन बारम्बार पलाइरहने।

किशोरी भागरथी भट्टले सामाजिक सञ्जालमा भूमिकाका नामले पोस्ट गरेको यो बिषय यतिबेला उनकै बलात्कारपछि हत्या अनुसन्धानका लागि एउटा क्लू बनेको छ।

सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदी आइतबार घटनास्थलमा पुगेर अनुसन्धानमा खटिएका अधिकारीहरुसँग बिफ्रिङ लिनुका साथै भागरथीको हत्याको कारण र संलग्नको पहिचान खुलाउने प्रयास लागेका छन्।

प्रहरीले घटनास्थलभन्दा केही टाढा भागरथीले प्रयोग गर्ने मोबाइल भेटेको छ। त्यसमा भएका बिषयसँगै उनीसँग अन्तिम पटक कुरा भएका र पटक–पटक सम्पर्कमा रहेका ब्यक्तिहरुसँग सोधपुछ भइरहेको छ।

हामी प्राविधिक रुपमा मोबाइलमा भएका तथ्य र कल डिटेल सहित बिश्लेषण गरिरहेका छौं घटनास्थलमा रहेका डीआइजी सुवेदीले भने अनुसन्धानले एउटा दिशा लिइसकेको छ, चाडै हामी आरोपीसम्म पुग्ने छौं।

’प्रारम्भीक अनुसन्धानमा किशोरीलाई कुटपीट भएको छ डीआइजी सुवेदीले भने हामीले सबै कोणबाट अनुसन्धान थालेको छौं, चाडै परिणाम आउने छ।

प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेशकुमार सिंह भागरथीको हत्यामा चिनजानकै ब्यक्तिको संलग्नता प्रहरीले आशंका गरेको बताउछन्। उनले पोष्टमार्टमको अन्तिम रिपोर्ट आजसम्म आएपछि अनुसन्धानले थप गति लिने बताए। सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले फिल्डमा बैतडी प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीले नेतृत्वमा प्रदेश प्रहरीबाट प्रावधिक अनुसन्धान र बिश्लेषण गरिरहेको हो।

२२ माघ २०७७ बिहीबार साँझ भेटिएको किशोरीको शव चिकित्सक, सरोकारवाला र स्थानियको रोहबरमा विधिवत मुचुल्का गरेर प्रहरीले उठाएको थियो।

घटना अनुसन्धानका लागि खटिएका तालिमप्राप्त कुकुरहरुले केही संकेत गरेपनि पानी परेका कारण उनीहरु एकिन स्थानसम्म पुग्न सकेका थिएनन्।

तालिमप्राप्त कुकुरहरुले गन्धका आधारमा अपराधी पत्ता लगाउने गर्छन्। तर पानी परेपछि गन्ध मेटिने भएकाले उनीहरु अघि बढन नसकेका हुन्।

भागरथी भट्टको शव बिभत्स अवस्थामा भेटिएको थियो। उनको शव फालेको अवस्थामा स्थानीय लवलेक जङ्गलमा भेटिएको हो।

Related Articles

Back to top button