Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

सानीभेरी गाउँपालिका भित्रका ५ वटा विद्यालयहरुमा कक्षा थप

 

रुकुम पश्चिम असोज २७ Bibek Kumar khatri

रुकुम पश्चिम सानीभेरी गाउँपालिका भित्रका ५ वटा विद्यालयहरुमा कक्षा थप गरिएको छ । गत सोमबार बसेको गाउँ शिक्षा समितिको बैठकले शिब आधारभूत विद्यालय अर्मा काफलबोट र जनकल्यान आधारभुत विद्यालय बाघखोरलाई कक्षा ९ तथा बालज्योति मा वि गिठाकोट¸ शितल मा वि पक्रैया र भेरीदोभान मावि चाइनाबगरलाई कक्षा ११ को अनुमति दिने निर्णय गरिएको छ ।
अनुभति दिइएका मध्य भेरी दोभान माविमा कृषि र शिक्षा विषय¸ बालज्योती मावि गिठाकोटमा शिक्षा तर्फका विष र शितल मा वि पक्रैयामा शिक्षा तर्फका विषय पढाई हुने भएका छन् ।
नेपाल सरकारले कक्षा १२ सम्म माध्यमिक शिक्षा बनाए संगै आवेदन दिएका सबै विद्यालयहरुलाई कक्षा थपको अनुभति दिएको सानिभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भूपाल सिं विष्टले बताउनु भयो ।
त्यस्तै सोमबार बसेको शिक्षा समितिको बैठकले कुनै विद्यालयको सेवा क्षेत्रमा कोभिड -१९ को संक्रमन देखिएमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको सिफारिसमा वडा शिक्षा समितिले आवश्यक निर्णय गर्न सक्ने व्यवस्था मिलाएको छ । साथै गाउँपालिका भित्रका विद्यालय अनुगमन गर्नका लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ ।