दिपाश्रीलै विवाहको बारेमा यस्तो कुरा खोलिन् ,आखिर कहिले गर्छिन विवाह?

काठमाडौँ

दीपाश्री निरौलाले रोजै सामना गर्नुपर्ने प्रश्न हो– विवाह कहिले गर्नुहुन्छ ? उनी प्राय हाँसेर टारिदिन्छिन् ।

उनले पहिला पहिला विवाह गर्ने चाहना भए पनि तत्काल विवाहका बारेमा सोच नबनाएको उनले बताइन् ।

आफू क्यारियर तिर फोकस्ड भएकाले त्यसतर्फ ध्यान दिन नसकेको बताइन् तर, मुहारमा मुस्कान देखिने यो क्षण दिमागमा भने एउटा पुरुषको तस्बिर नाच्ने गर्छ, जसलाई उनले ‘धोका’ दिएकी थिइन् ।

त्यो पनि विवाहकै दिन । यो अधुरो प्रेमकथा सुरु हुन्छ, विसं. २०४८ तिर त्यतिबेला दीपा १० कक्षामा पढ्दै थिइन् ।

विराटनगरस्थित उनको घरअगाडि कलेज पढ्ने केटो भाडा लिएर बसेको थियो ।

पढाइमा नामी,आनीबानी पनि सरल । टेस्ट परीक्षा नजिक आउँदै थियो, दीपा उनीसँग पढ्न जान थालिन् ।

अरू साथीहरू पनि हुन्थे तर उनको ध्यान दीपातिर ज्यादा हुन्थ्यो । यसको हेक्का दीपालाई नभएको होइन तर थाहा नपाएझैं गरिन् ।

शंका लागेर हो वा कुन्नि, एक दिन आमाले किताब खानतलासी गरिछिन् । त्यहाँ त त्यही केटाले लेखेको प्रेमपत्र ।

दीपा मुस्कुराइन्, ‘मलाई थाहै थिएन तर आमाले पूरै बबन्डर मच्चाउनुभयो । आमा र फुपूको पिटाइ खाइयो ।’ उनी केटाले एकोहोरो मन पराएको विश्वास दिलाउन खोज्थिन् तर आमा मरिगए नपत्याउने ।

यो पनि पढ्नुहोस

काठमाडौ, मुख्यमन्त्री शेरधन राईले हालै विवाह गरेका छन् । उनलाई बालिका खड्काले श्रीमान दावी गर्दै अदालतमा मुद्दा दिएपछि उनको बारेमा निकै चर्चा भएके थियो ।

शेरधनले विवाह गरेपछि बालिका फेरी चर्चामा आएकी छन् । उनले शेरधन विरुद्ध वहुविवाहको मुद्दा दिने चेतावनी पनि दिएकी छन् ।

यो विषयमा शेरधन राईले धेरै प्रतिकृया दिएका छैनन् । तर एउटा कार्यक्रममा शेरधनले आफुमाथि बालिकाले लगाएको आरोपका बारेमा बोलेका छन् ।

उनले दिएको यो स्पष्टिकरण केही महिना अघिको हो । उनले त्यस पछि पनि बालिकाले लगाएको आरोपका बारेमा केही बोलेका छैनन् ।

तर बालिका भने फेरी मिडियामा सार्वजनिक हुँदै उनी विरुद्ध अदालत जाने चेतावनी दिएकी छन् ।

शेरधन राईले आफु सञ्चारमन्त्री हुँदा देखि नै बालिकालाई अगाडी लगाएर आफु विरुद्ध षडयन्त्र सुरु भएको बताएका छन् ।

उनले त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी संयन्त्रमा कुरा राखेको र बालिकाले लगाएको सबै दावी झुटो भएको प्रमाणीत भएको बताएका छन् ।

एउटा गिरोहले आफ्नो राजनीतिक जिवन समाप्त पार्ने षडयन्त्र भएको बताउँदै बालिकाले प्रयोग गरेको ६ वटा मोवाइल नम्बर सहितको ७ पेज लामो कागजात आफुले प्रहरीलाई पनि बुझाएको बताएका छन् ।

आफुले त्यसबारेमा त्यसवारे कहिल्यै प्रतिकृया नदिएको बताउँदै आएका उनले अब स्पष्ट पार्न जरुरी भएकाले मात्र जवाफ दिएको बताएका छन् ।

उनले भूईवाट आएको र कम्युनिष्ट पार्टीमा लागेर अहिलेको अवस्थामा पुग्नुमा आफ्नो लगनशिलताका कारण यहाँ सम्म पुगेको बताएका छन् ।

आफुलाई आर्थिक र नैतिक रुपमा कसैले पनि खोट लगाउने अवसर कसैलाई पनि नदिएको बताएका छन् ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal