नेपालमा फेरी शक्तिशाली भूकम्पकाे धक्का, मान्छेहरुको भागाभाग, कहाँ हो केन्द्रविन्दु ?

काठमाडौं ।

आज बिहानै नेपालमा भूकम्प गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको हाे ।

भूकम्पले मान्छेहरुको भागाभाग मच्चाएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार बिहान ७ बजेर ३५ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

अनुसन्धान केन्द्रले भूकम्प गएको ठाउँ नेपालको ओलाङचुङगोला र चीनको सीमा भएको जनाएको छ ।

ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन ।

ओलाङचुङगोलामा भूकम्पले कुनै क्षति नभएको वडा कार्यालयका कर्मचारी तेञ्जिङ वालुङले जानकारी दिए । ‘हल्लाउनचाहिँ निक्कै मज्जाले हल्लायो ।

मान्छेहरु भूकम्प गयो भन्दै बाहिर पनि निस्किए । तर, कुनै क्षति भएको छैन,’ उनले भने ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ।

महाशाखा अनुसार अहिले बिहान हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहनेछ ।

आज राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहनेछ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ

तदनुसार ८ फेब्रुअरी २०२१ । श्री भोलेनाथको दर्शन गरी

आजको राशिफल हेर्नुहोस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगति हुने  छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउने छ । मंगल कार्यको योग छ । मनमा खुसी छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउने छ । मन खिन्न हुने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् । समय अनुकुुलछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज फजुल खर्चले चिन्ता बढाउने छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विशेष यज्ञादी तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । जागिरमा रुची प्रतिष्ठा बढ्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal