सोमबार , अषोज ४, २०७८

पार्टिबाट देउवालाई यसरि एक्लो बनाइँदै

माघ २६, २०७७ सोमबार 19

पार्टिबाट देउवालाई यसरि एक्लो बनाइँदै

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीभित्र एक्लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमको कांग्रेसले विरोध त गर्यो तर सडकमा सशक्त रुपमा आफ्नो उपस्थिति देखाउन सकेन ।

खासगरी सभापति देउवा र प्रधानमन्त्री ओलीबीच सहमति भएर नै प्रतिनिधिसभा विघटन भएको राजनीतिक वृत्तमा चर्चा छ ।

संवैधानिक निकायमा नियुक्तीहरु देखि लिएर विभिन्न विषयमा ओलीसँग सम्झौता र भागबण्डा गरेको देउवामाथि पार्टीभित्रैबाट आरोप छ ।

संसद विघटनमा नेकपाको दाहाल–नेपाल समूह सडक आन्दोलनमा छ ।

तर, सभापति देउवाले भने संसद विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतलाई पर्खनुको विकल्प नभएको भन्दै आन्दोलन चर्काउन नहुने अडान लिएका छन् ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह भने आन्दोलनमा जानुको विकल्प नभएको भन्दै आफ्नो उपस्थिति देखाईरहेको छ ।

नेताहरु पौडेल, सिटौलामात्रै नभएर युवा नेताहरू गगन कुमार थापा, प्रदीप पौडेल पनि ओलीको कदमविरुद्ध सडकमा उत्रिएका छन् ।

उनीहरुले ओलीको कदम प्रतिगामी भन्दै देशव्यापी रुपमा कार्यकर्ता उतारिरहेका छन् ।

हिजोमात्रै वीरगन्जमा उपसभापति विमलेन्द्र निधि पनि ओलीको कदमविरुद्ध सडक संघर्ष अघि बढाउनुपर्ने भन्दै सशक्त रुपमा अघि बढ्ने लाईनमा उभिएका छन् ।

पार्टीभित्र देउवा अहिले एक्लिएको उनीनिकट नेताहरुको दाबी छ । नागरिक समाजको स्तरबाट पनि देउवाको कदम प्रभावकारी नभएको निश्कर्ष निकालिएको छ ।

अहिले ओलीको कदमविरुद्ध नागरिक आन्दोलन नै सुरु भएको छ । उनीहरुले दैनिक विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

नागरिक आन्दोलनको कार्यक्रममा पत्रकार नारायण वाग्लेले त अब तेस्रो जनआन्दोलन सुरु हुने उद्घोष नै गरिसकेका छन् ।