सोमबार , अषोज ४, २०७८

भर्खरै निर्वाचन आयोगले चु’ नावको बारेमा निकाल्यो यस्तो सुचना , चु’ नाव कहिले हुन्छ?

माघ २६, २०७७ सोमबार 26

भर्खरै निर्वाचन आयोगले चु’ नावको बारेमा निकाल्यो यस्तो सुचना , चु’ नाव कहिले हुन्छ?

काठमाडौँ

निर्वाचन आयोगले सरकारले तोकेकै समयमा निर्वाचन गराउन आफुहरु सक्षम रहेको बताएको छ ।

अहिलेसम्मको तयारी सन्तोषजनक रहेको भन्दै बैशाख १७ र २७ गते निर्वाचन गराउन आफुहरु सबै किसिमले तयार रहेको जानकारी दिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा फैसलाको चरणमा प्रवेश गर्न लाग्दा आयोगले निर्वाचन कार्यतालिका, दल दर्ता र आचारसंहिता प्रकाशनको तयारी गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार केही दिनभित्रै निर्वाचन कार्यतालिका, दल दर्ता र आचार संहिता प्रकाशन हुँदैछ ।

घोषित मितिमा नै निर्वाचन गर्ने गरी हामीले तयारी अघि बढाएका छौं ।

निर्वाचन नहोला कि भन्ने अवस्था छैन श्रेष्ठले भन्नुभयो घोषणा भएको समयदेखि नै हामीले निर्वाचनको तयारी शुरु गरिरहेका छौं ।

निर्वाचन तयारीका लागि मिति घोषणा भएको दिनदेखि १२० दिन चाहिने उहाले बताउनु भयो ।

मंसिर २०७६ पछि संकलन भएका नामावली स्थानीय तहसम्म पुर्‍याएर दाबी विरोधसहित अध्यावधिक गर्ने काम जिल्ला निर्वाचन कार्यालयहरुले गरिसकेका छन् ।

अध्यावधिक गरिएका नामावली आयोगमा पठाउन २ फागुनसम्मको मिति तोकिएको छ ।

निर्वाचनका लागि राजनीतिक दललाई प्रचारप्रसारका लागि छोटो समय दिने आयोगको तयारी छ।

प्रचारप्रसारका लागि लामो समय दिंदा खर्च बढी हुने भएकाले यस्तो तयारी गरिएको आयोगका एक अधिकारीले जानकारी दिनुभयो ।