दुःखद् घ’ टना वडाध्यक्षको कोठामा युवती मृत फेला बाहिरबाट ताल्चा लगाइएको, यस्तो छ मृ’ त्यु हुनुको कारण?
कैलाली
कैलालीमा एक जनप्रतिनिधिको कोठामा युवती मृत फेला परेकी छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका-३ का कार्यवाहक वडाध्यक्षसमेत रहेका निरज चौधरीको कोठामा २२ वर्षीय सञ्जिता चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।
चौधरीको कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले घटनास्थलमा ईलाका प्रहरी कार्यालय
मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा टोली खटाइएको बताए ।
घटनापछि कार्यवाहक वडाध्यक्ष चौधरी भने सम्पर्कविहीन भएका छन् ।
मृतकका आफन्तले चौधरीसंग प्रेम सम्बन्ध रहेको बताएका छन् ।
वडाध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।
त्यसपछि वडा सदस्य चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको थियो ।
आज मिति २०७७ माघ २६ गते सोमबार ।
तदनुसार ८ फेब्रुअरी २०२१ । श्री भोलेनाथको दर्शन गरी
आजको राशिफल हेर्नुहोस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगति हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउने छ । मंगल कार्यको योग छ । मनमा खुसी छाउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउने छ । मन खिन्न हुने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् । समय अनुकुुलछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज फजुल खर्चले चिन्ता बढाउने छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विशेष यज्ञादी तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । जागिरमा रुची प्रतिष्ठा बढ्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
माघ २६ गते सोमबार