सोमबार , कार्तिक १, २०७८

देश स्विजरल्याण्ड बनाउने लक्ष्य थियो, ओलीले जालझेल गरेर बनाउन दिएनन्: प्रचण्ड (भिडियो सहित)

माघ २६, २०७७ सोमबार 55

देश स्विजरल्याण्ड बनाउने लक्ष्य थियो, ओलीले जालझेल गरेर बनाउन दिएनन्: प्रचण्ड (भिडियो सहित)

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गएको दावी गरेका छन्।

शुक्रबार ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको एकतापछि देश बनाउने लक्ष्य थियो।

तर, केपीको नियत जालझेल मात्रै रहेछ।’ उनले सहि विचार र नेतृत्व भए सामन्तवाद पराजित गर्न सकिने भन्दै ‘नेतृत्वको विचार गलत हुँदा सबै बिग्रिएको’ बताए।

उनले सात दशक लडेर ल्याएको संविधान र संघीयता ओलीका कारण नै संकटमा पुगेको दावी गरे।

देश अँध्यारो सुरुङमा गयो ओलीका कारण। वाम गठबन्धन गर्दा हामीले अहिलेको दिन आउला भन्ने सोचेका थिएनौँ’ प्रचण्डले

भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि जनतासँग जोडिएर आन्दोलनमा जानुको विकल्प छैन भनेर आन्दोलनमा गयौं।’