समाचार

प्रचण्ड समूहलाई अदालतले दियो अहिले सम्मको ठूलो झड्का, सभामुखले दिए यस्तो आदेश

काठमाडौँ

सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायहरूमा गरिएका नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाद्वारा दायर रिट निवेदनमा माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले ती नियुक्ति गर्नुको कारण खुलाएर पठाउन संवैधानिक परिषद् लगायतसँग

जबाफ माग गरेको छ।सर्वोच्च अदालतका अनुसार कारण देखाउ आदेशसँगै उक्त रिटलाई अग्राधिकार दिन भनिएको छ।

अधिकारीहरूले त्यसलाई सभामुखको माग तत्काललाई अस्वीकार गरिएको तर पछि ठहर भएअनुसार हुने गरी त्यसलाई प्राथमिकतामा राखेर टुङ्गो लगाउनेु आदेश भनेका छन्।

सभामुखले आफ्नो रिट निवेदनमा उक्त नियुक्ति बदर योग्य भएको दाबी गर्दै अन्तरिम आदेशको माग गरेका थिए।

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगसहित विभिन्न निकायमा तीन दर्जनभन्दा बढी व्यक्तिलाई नियुक्त गरेको

थियो। संसदीय सुनुवाइका निम्ति सङ्घीय संसद्‍को संयुक्त समितिमा नाम पठाइए पनि प्रतिनिधिसभा विघटन भएकाले समिति अस्तित्वमा छैन।

सभामुख सापकोटाले ती नामहरू फिर्ता पठाइदिएका थिए। तर ४५ दिनभित्र सुनुवाइ हुन नसके नियुक्तिमा बाधा नपर्नेु व्यवस्थामा टेकेर ३२ जनालाई गत बुधवार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ गराइएको थियो।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा सदस्य रहेका सभामुख बैठकमा अनुपस्थित थिए। नयाँ अध्यादेश जारी भएपछिको संवैधानिक परिषद्को बैठकले संवैधानिक नियकाहरूमा नियुक्ति गरेको थियो

उनी सहभागी नहुँदा पहिलो बैठक बस्न नसकेपछि सरकारले परिषद्को गणपूरक सङ्ख्याको व्यवस्था संशोधन गर्दै अध्यादेश जारी गरेकै दिन अर्को बैठक भएको थियो।

उक्त बैठकमा सदस्यहरू प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए। सभामुखद्वारा संवैधानिक निकायका नियुक्ति फिर्ताु, निर्णय प्रक्रियाको वैधानिकतामाथि प्रश्न

तर सभामुखले समिति नरहेकाले सुनुवाइ नभएको उल्लेख गर्नुका साथै बैठकको एजेन्डाबारे सदस्यलाई जानकारी दिने प्रक्रिया र अध्यादेशको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च पुगेका थिए।

सभामुखले सुनुवाइको निम्ति पठाइएका नाम फिर्ता पठाउँदा पनि ती आधारहरू उल्लेख गरेका थिए। तर राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले त्यसप्रति आपत्ति जनाएका थिए। पछिल्ला दिनहरूमा राज्यमा प्रमुख अङ्गहरूबीच तनाव बढेको देखिन्छ।

संसद बिघटनमा यस्तो छ सरकारी ओकिलको तर्क

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आइतवार सर्वोच्च अदालतमा बहस गर्नुभएका सरकारी वकिलले नागरिकबाट निर्वाचित प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्न पाउने संवैधानिक अधिकार भएको तर्क राख्नुभएको छ ।

उन्नाइसौँ दिनको सुनुवाइमा सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता डाक्टर टेकनारायण घिमिरे, सहन्यायाधिवक्ता श्याम भट्टराई र उद्धव पुडासैनी, उपन्यायाधिवक्ता दशरथ पङ्गेनी

र प्रधानमन्त्रीका तर्फबाट अधिवक्ता रमेश बडालले बहस गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीमा यस्तो अधिकार निहित हुने बताउनुभयो ।

नायब महान्यायाधिवक्ता डा घिमिरेले प्रतिनिधि सभा संसदीय अभ्यासअनुसार राजनीतिक कारणबाट भएको तर्क राख्नुभयो ।

‘प्रधानमन्त्रीको निर्णयलाई सदर गर्दा उपयुक्त हुन्छ, त्यो राजनीतिक निर्णय हो’, उहाँले संविधानको धारा ७६ ९७० अनुसार विघटन गर्ने अधिकारअनुरूप विघटन भएको जिकिर गर्नुभयो ।

आज मिति २०७७ माघ २६ गते सोमबार ।

तदनुसार ८ फेब्रुअरी २०२१ । श्री भोलेनाथको दर्शन गरी

आजको राशिफल हेर्नुहोस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगति हुने  छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउने छ । मंगल कार्यको योग छ । मनमा खुसी छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउने छ । मन खिन्न हुने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् । समय अनुकुुलछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज फजुल खर्चले चिन्ता बढाउने छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विशेष यज्ञादी तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । जागिरमा रुची प्रतिष्ठा बढ्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

माघ २६ गते सोमबार

 

Related Articles

Back to top button