शिक्षामन्त्री पोख्रेल राजीनामा दिने तयारीमा                                    

 

काठमाडौ/असोज २७                                      शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले राजीनामा दिने तयारी गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई हटाउने तयारी गरेको भन्दैै उनले हटाउनु अघि राजीनामा नै दिने तयारी गरेको उच्च स्रोतले बतायो ।‘हटाउने निश्चित भइसकको छैन ।
यदि हटाउने निश्चित भयो भने हटाउनुअघि नै उहाँको राजीनामा आउँछ’ पोखरल निकट स्रोतले भन्यो ।
पछिल्लो समय नेकपामा मन्त्रिपरिषद पुर्नगठनको चर्चा र विवाद छ । यहि चर्चा र विवादका बीच शिक्षामन्त्री पोखरेलको राजीनामा दिने तयारी भएको समाचार आएको हो ।
तर यस विषयमा स्वमं शिक्षामन्त्री पारेखरेल भने बोल्न तयार भएका छैनन् ।तीन मन्त्री नहट्ने पक्कापक्कीतर ईश्वर पोखरेल, रामबहादुर थापा बादल र प्रदीप ज्ञवालीलाई कुनै हालतमा पनि बदल्न नहुने अडानमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको स्रोत बताउँछ ।नेकपाका कार्यकरी अध्यक्ष पुष्पकमल दाहाल भने बादललाई कुनै पनि हालतमा गृहबाट हटाउनुपर्ने पक्षमा छन् ।
बरु गृहबाट हटाएर एक मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउन सकिने प्रचण्डको भनाइ रहेको बताइन्छ ।स्रोत भन्छ यो प्रस्तावमा प्रधानमन्त्री राजी छैनन् ।पूर्वमाओवादी खेमाका टोपबहादुर रायमाझी र प्रभु साहलाई पनि आफ्नो मन्त्रिपरिषद्मा समेट्ने चाहना प्रधानमन्त्रीले राखेको स्रोत बताउँछ !

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal