समाचार

यसरी गरियो भारतमा १२ वर्षीया नेपाल, बर्दियाकी बालिकाको ब’ लात्का’ रपछि ह’ त्या

काठमाण्डौ

भारतको बिहार राज्यमा एक नेपाली बालिकाको ब’  लात्का रपछि ह’ त्या भएको छ ।

बिहारको चम्पारण जिल्लामा मजदूरीका लागि पुगेको नेपाली परिवारलाई अहिले विपत्ति आइलागेको छ ।

गत जनवरी २१ तारिखमा घटना भएको हो ।बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का एक नेपालीको परिवार मजदूरीका लागि त्यहाँ पुगेको थियो ।

सात वर्षदेखि उनीहरू मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्थे ।

२१ जनवरीमा उनका बुवा मजदुरी गर्न गएका थिए भने दाइ कामको शिलशिलामा बजार गएका थिए ।

साँझ चार बजेतिर डेरामा फर्किन लागेका दाइलाई घरबेटी सियाराम साहले रोक्न खोजे ।

उनी नरोकिएर डेरामा पुग्दा बहिनी घाइते भएर लडिरहेको देखे ।बहिनीको यस्तो हालत देखेपछि उनले बुवालाई खबर गरे । काम छोडेर उनी तत्काल डेरामा आए ।

उनले छोरीको उपचारका लागि स्थानीय डाक्टर कहाँ पु¥याए तर, कसैपनि उपचार गर्न मानेनन् ।

उनले १२ दिनपछि प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेको बीबीसी हिन्दीले जनाएको छ ।

उपचार नपाएपछि ती बालिकाको मृ’ त्यु भयो । मृ’ त्युपछि गाउँका युवाहरू भेला भए ।

पीडितका बुवाका अनुसार प्रहरी अधिकारीको मिलेमतोमा उनीहरूले छोरीको शव ज’ बरजस्ती जलाउन लगाए ।

स्थानीय देवेन्द्रकुमार साहले बालिकाको शव तत्काल नजलाए बाबु र छोरालाई पनि मारेर लास नेपाल फालिदिने धम्की दिएको निवेदनमा उल्लेख छ ।

शव जलाउनुअघि पीडितका बुवालाई उनीहरूले खाली कागजमा साइन गर्न पनि लगाएका थिए ।

राति १२ बजे छोरीको लासमा नुन र चिनी छर्केर जलाइयो । अर्को दिन बिहान मलाई नेपालतिर पठाइयो उनले निवेदनमा उल्लेख गरेका छन् ।

प्रारम्भिक अ’ नुसन्धान र केही दिनअघि लिक भएको एउटा अडिओले उक्त घ’ टनामा स्थानीय प्रहरी चौकीका प्रमुखले सघाएको खुलेको छ ।

पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले भाइरल अडियोबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरवाही र कर्तव्यहिनता स्पष्ट भएको बिबिसीलाई बताएका छन् ।

भाइरल भएको एउटा अडियोमा ‘सञ्जीवकुमारले एक जना अभियुक्तलाई केटीको लासको व्यवस्था गरिदेउ र चिसोका कारण मृ’ त्यु भएको प्रहरीलाई रिपोर्ट लेखाइदेउ’ भनिएको छ ।

घ’ टना भएको १२ दिनपछि परेको उजुरीमा ११ जनालाई अभियुक्त बनाइएको छ ।

त्यसमध्ये ५ जनालाई सामुहिक दुष्कर्म र ह’ त्याको आ’ रोप लगाइएको छ भने सात जनालाई प्रमाण न’ ष्ट गरेको आरोप छ । प्रहरीले २ जनालाई प’ क्राउ गरिसकेको छ ।

Related Articles

Back to top button