मंगलबार , अषोज ५, २०७८

टिकटकले लियो कञ्चनपुरकी करुणाको ज्या’ न, भाइरल बन्ने चक्करमा आफ्नै घाँ’ टीमा पा’ सो (भिडियो हेर्नुहोस्)

माघ २५, २०७७ आइतबार 23

टिकटकले लियो कञ्चनपुरकी करुणाको ज्या’ न, भाइरल बन्ने चक्करमा आफ्नै घाँ’ टीमा पा’ सो (भिडियो हेर्नुहोस्)
धनगढी

भिडियो सेयरिङ प्लेटफर्म टिकटक(सामाजिक सञ्जाल) नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक।

टिकटकको यो लोकप्रियता पछिल्लो समय बढ्दै गइरहेको छ।

रमाइलो गर्न र भाइरल हुने बहानामा मानिसहरु टिकटकमा हदैसम्म जाने गर्छन्।

तर उनीहरु त्यसले पारिरहेको नकारात्मक असरबारे अनविज्ञ जस्तै छन्।

झन पछिल्लो समय छाडापन तथा अश्लिलता पनि टिकटकमा मौलाउँदै गएको छ।

टिकटकमा भाइरल बन्ने भुत सवार हुँदा मानिसहरु विभिन्न जोखिम मोल्न समेत पछि परिरहेका छैनन्।

यसको उदाहरण दाङका २४ वर्षीय रमेश थापा बनेका थिए। गत पुस ४ गते झुलुंगे पुलमा झुण्डिएर टिकटक बनाउने क्रममा खसेर उनको ज्या’ न गएको थियो।

यस्तै घ’ टना सुदूरपश्चिम प्रदेशमा समेत घटेको छ। कञ्चनपुकी एक बालिकाले समेत टिकटकका कारण सानै उमेरमा ज्या’ न गुमाउनु पर्‍याे।

कक्षा ७ मा पढीरहेकी १३ वर्षीया करुणा चन्दलाई टिकटकको भुतले समाएको थियो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी उनलाई टिकटकमा भाइरल बन्न केही नयाँ र फरक गनुपर्ने भन्दै कसैले सुनाइदिएको थियो।

त्यसपछि माघ १२ गते भाइरल बन्न उनले स्टुलमा चढेर पंखामा डोरी बाँधिन। उक्त समयमा करुणाका साथमा सानो भाइ मात्रै थिए। उमेरले सानै भएकाले दिदीले गरिरहेको क्रियाकलापका बारेमा उनी जानकार भएनन्।

बारीमा घाँस काट्न गएकी आमालाई पनि सो कुराको जानकारी हुने कुरै भएन।

टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी घाँटीमा समेत बाँधेकी थिइन।

सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डीएको एक आफन्तले बताए।

नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् तर हतारहतार खेतमा रहेकी आमालाई भने घटनाबारे जानकारी गराउन पुगे।

घटनाबारे सुनेर आमा हतारिदै घरमा पुगीन तर ढिलो भइसकेको थियो।

त्यतिन्जेलसम्म करुणाले प्राण त्यागीसकेकी थिइन। पेशाले शिक्षक रहेका करुणाका बुवा घटनाका बेला घरमा नभएको एक आफन्तले बताए।

उसो त चन्द दम्पतीले यसअघि पनि आफ्नो एक छोरा गुमाइसकेका थिए। केही वर्षअघि करुणाका दाइको पनि नहरमा डुबेर मृत्यु भएको थियो।

उक्त घाउ निको नहुँदै फेरि उनीलाई ठुलै बज्रपात परेका छ। आज करुणा गएको १२ दिन पुगीसक्यो तर उनीहरुका आँसु थामिएका छैनन्। उनीहरु रोइरहेका छन्, छिनछिनमै उनीहरुका आँखा रसाइरहेको आफन्तहरु बताउँछन्।

उक्त घटनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ।

दिउँसो दिदीभाई मिलेर टिकटक बनाएको भन्ने छ। त्यसकै साँझ करुणा झुुण्डीएको अवस्थामा फेला परिन’ कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने घटनाको अझै अनुसन्धान भइरहेको छ।

पोष्टमार्टम रिर्पाटले पनि झुण्डीएकै कारण उनको मृत्यु भएको पुष्टि गरेको छ।

आज मिति २०७७ माघ २६ गते सोमबार ।

तदनुसार ८ फेब्रुअरी २०२१ । श्री भोलेनाथको दर्शन गरी

आजको राशिफल हेर्नुहोस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगति हुने  छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउने छ । मंगल कार्यको योग छ । मनमा खुसी छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउने छ । मन खिन्न हुने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् । समय अनुकुुलछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज फजुल खर्चले चिन्ता बढाउने छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विशेष यज्ञादी तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । जागिरमा रुची प्रतिष्ठा बढ्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

माघ २६ गते सोमबार