मंगलबार , अषोज ५, २०७८

‘महानायिका’ घोषित भइन करिश्मा

माघ २५, २०७७ आइतबार 14

‘महानायिका’ घोषित भइन करिश्मा

काठमाडौँ

चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी नायिका करिश्मा महानायिका घोषित भएकी छन् ।

शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी महानायिका घोषित भएकी हुन् ।

महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् ।

महानायिका घोषित भएपछि कलाको सम्मान गर्दै आफूलाई महानायिका घोषित भएकोमा नायिका करिश्माले खुसी व्यक्त गरेकी छन् ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

साथै उनले आयोजक टिमलाई पनि धन्यवाद दिएकी छन् ।

कार्यक्रममा महानायक राजेश हमाल, सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङ,वरिष्ठ चिकित्सक भोला

रिजाल,चलचित्र निर्देशक तथा निर्माता नीर शाह,उज्यालो अभियन्ता कुलमान घिसिङ लगायतका व्यक्तिहरू उपस्थित भएका थिए ।

नेपाली चलचित्र क्षेत्रमा महानायक र महानायिकाको विवाद लामो समयदेखि चल्दै आइरहेको छ ।

केही व्यक्तिहरुले भने एउटा संस्थाले घोषणा गर्दैमा कलाकारहरु आम नेपालीहरुको महानायक/महानायिका नहुने तर्क गर्छन् ।

ती व्यक्तिहरुको तर्कलाई पनि वेवास्ता गर्न भने मिल्दैन ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******