सोमबार , अषोज ४, २०७८

भागरथी ह’ त्याको विरोधमा प्रदर्शन, प्रदेश सांसद सहित ७ जना प’ क्राउ (भिडियो हेर्नुहोस्)

माघ २५, २०७७ आइतबार 25

भागरथी ह’ त्याको विरोधमा प्रदर्शन, प्रदेश सांसद सहित ७ जना प’ क्राउ (भिडियो हेर्नुहोस्)

बैतडी

बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चाले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ।

घटनाको विरोधमा पार्टीसम्बद्ध अनेरास्ववियू (छैठौँ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

सो क्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद पियारी थापा, अखिल छैठौं का केन्द्रीय अध्यक्ष विमल पोख्रेल, सचिव सुवास जिसी, केन्द्रीय सदस्यहरु

विवेक विसी, प्रतिभा आचार्य तथा विद्यार्थीहरु सुमन पौडेल एवं ध्रुव बस्यालसहित ७ जनालाई प्रहरीले गिरफ्तार गरेको जनमोर्चाले जनाएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राज्यले न्याय प्रदान नगर्ने र विरोध पनि गर्न नदिने रवैया अपनाएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले गिरफ्तार परेकाहरुलाई तत्काल रिहाईको माग गरिएको छ ।

कञ्चनपुरकी निर्मला पन्त माथि भएको घटनामा संलग्न ब्यक्ति पक्राउ परेका छैनन् ।

फेरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ को चडेपानीमा त्यस्तै घटना भएको छ ।

अहिले पुरै गाउँ शोकमा डुवेको छ । गाउँकी होनहार किशोरी भागरथी माथि भएको घटनाले गाउँलेका आँखाबाट पनि अविरल आँसु बगिरहेका छन। उनीहरुका आँसु रोकिएका छैनन्।

भागरथीले सबैलाई चटक्कै छोडेर गएको पत्यार लागिरहेको छैन। तर लवलेक सामुदायिक वनको बनमाराको झा डी मा भगीरथीको शव फेला परेको थियो ।

उनको शवको प्रकृति हेर्दा पनि निर्मला पन्तकै जस्तो घटना भएको प्रहरीले अनुमान गरेको छ । उनको कपडा च्या ति ए का छन् भने श रि र मा पनि डा म देखिएका छन् ।

स्कूलवाट घर फर्कदा भगिरथी हराएकी थिइन् । घटनास्थलमा उपस्थित प्राय सबैका आँखा रसाएका थिए।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट बुधबार घर फर्किने बेला नै सम्पर्क विहीन भएकी भागरथीको विषयको अपत्यारिलो खबर उनीहरु सबै स्वीकार्न विवश छन्।

पति वियोगको आँसु नथामिदै छोरी गुमाउन पुगेकी द्रोपतीले त्यतइ ठूलो चो ट सहन सकिनन् ।

बुधवार हराएकी छोरी घर फर्कली भन्ने आश गरेर बसेकी आमाले सहनै नसक्ने घटनाको सामना गर्नुपरेको छ । बिहीबार साँझ छोरीको मृत्युको खबरपछि उनी बेहोस नै भइन्।

सुगरका बिरामी श्रीमानलाई गुमाएपछि साहारा बनेकी छोरी सदा सदाका लागि छोडेर गएपछि उनलाई बोलाउँदै घरी–घरी भक्कानिन्छिन्।

वुवाको निधन पछि परिवारको आर्थिक जिम्मेवारी थपिएपछि उनका छोरा भर्खर भारत कमाउन गएका थिए । बहिनीको घटना थाहा पाएपछि उनी पनि फर्कदै छन् ।

ठुलो मान्छे बनाउने धोको राखेर पढाइरहेकी छोरी बुढेसकालको सहारा बन्ला भन्ने सोचेकी उनले कलिलैमा यसरी छोडेर जालिन् भन्ने सोचेकै थिइनन् ।

गाउँका अरु महिलाहरुले द्रोपतिलाई सम्हाल्ने कोसिस गरिरहेका छन्। रोजगारीका सिलसिलामा भारतको दिल्लीमा रहेको जेठो छोरा फर्किरहेको छ।

घर खर्च चलाउन र बहिनीको पढाई खर्च जुटाउन समस्या भएपछि नै कक्षा १० मा पढ्दापढ्दै उनी भारत पसेका थिए।

बुवाको किरियामा बसेकी आमालाई भागरथीले नै घरको सबै काममा सघाउने गरेकी थिइन्।

तर उनको खुसीमाथि कुन पापीले आँखा लगायो । भागरथीको ब-ला ‘त्का-र पछि ह’ ‘त्या भएको आशंकामा प्रहरीले अनुसन्धान कार्य गरिरहेपनि न्याय पाउनेमा विश्वस्त हुन सकेका छैनन् ।

https://youtu.be/jYegYc0oEcQ