सोमबार , अषोज ४, २०७८

प्रहरी बन्ने हो? पाँच हजार भन्दा धेरै जवान भर्ना गरिँदै, यसरी दिनुहोस् निवेदन :

माघ २५, २०७७ आइतबार 12

प्रहरी बन्ने हो? पाँच हजार भन्दा धेरै जवान भर्ना गरिँदै, यसरी दिनुहोस् निवेदन :

प्रहरी जवानका लागि ५ हजार बढी पदमा भर्ना खुल्यो, ८ कक्षा पासले पनि आवेदन दिन पाउने !

( सुचना सहित )

काठमाडौं ।

नेपाल प्रहरीले प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ ।

प्रहरीले खुला, अमर/अ’शक्त प्रहरी परिवार र समावेशी अन्तर्गत ५ हजार २ सय २७ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो ।

प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर

(काठमाडौं, ललितपुर र भक्तपुर)मा दरखास्त बुझाउन सकिने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागको भर्ना

छनौट महाशाखाले जानकारी दिएको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

यो पनि

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी अगाडि उभिएर संघीयता र गणतन्त्रको पक्षमा अडिग रहने स्पष्ट पारे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आफू सधैं लडिरहने बताए ।

आफूले लोकतान्त्रिक गणतन्त्रका लागि लामो समययता लडेको स्मरण गराउँदै कसैको भ्रममा नपर्न भने ।

ओलीले संघीयता र गणतन्त्रको पक्षमा नारायणहिटी अगाडि उभिएर स्पष्ट पारेपनि धर्मको विषयमा केही बोलेनन्

आजको सभामा ओली निकै संयमित देखिए ।उनले विगतमा जस्तो आध्यात्मिक विषयवस्तुबारे केही बोलेनन् ।

ओलीले हिन्दुराष्ट्र स्थापनाको मुद्दा उठाउन खोजेको विषय उठिरहँदा आज पनि सभामा यसबारे केही स्पष्ट पारेनन् ।

उनले आफू धर्मनीरपेक्षताको पक्षमै रहेको अभिव्यक्ति समेत दिएनन् ।

उनले घुमाउरो भाषामा भने,‘हेर्दै जाऔं के के हुन्छ ।’वैशाखमा चुनाव गर्ने दृढता व्यक्त गरे ।

उनले भनेः चुनाव चुनाव चुनाव । तर, चुनावमा ओलीको राजनीतिक एजेन्डा आज पनि प्रष्ट भएन ।

देशभित्र र बाहिर ओलीले धर्मबारे के भन्छन् भन्ने चासो बढेको छ ।

उनले पशुपतिनाथमा संकल्प पूजा गरिसकेका छन् । उनको हिन्दु धर्मबारेको अभिव्यक्तिबारे चासो बढेको छ ।

तर, ओलीले धर्मास्त्र प्रयोग गर्ने नगर्ने अझै स्पष्ट भएको छैन ।बोल्दा बोल्दै उनी केही छिन रोक्किए ।

सभामा उपस्थितहरु तर्फ उनको ध्यान खिचियो । उनीहरु तर्फ हेदै ओली निकै खुशी भए ।

दुवै हात उठाएर शान्त शान्त भन्न थाले । त्यती बेला उनको गला अवरुद्व भइसकेको थियो ।

ओलीले अंगरक्षकसंग पानी मागे । पानी पिइसकेपछि उनी बोल्न मात्र के लागेका थिए आँखा भरी आँसु बगाए ।

चश्मा खोलेर सेतो रुमाल झिकी आँसु पुछ्न थाले । ओलीले आफू नजिकै आएकालाई चिसो लाग्यो भने ।

तर ओलीले भावविहल भइ आँसु झारेका थिए ।