सोमबार , कार्तिक ८, २०७८

अन्तत संसद विघटन नहुने भयो , यस्तो छ कारण (सहि वा गलत ?) प्रतिक्रिया दिनुहोस

माघ २५, २०७७ आइतबार 48

अन्तत संसद विघटन नहुने भयो , यस्तो छ कारण (सहि वा गलत ?) प्रतिक्रिया दिनुहोस

काठमाडौ ।

संसदीय व्यवस्थामा संसद विघटन प्रधानमन्त्रीको अधिकार हुने दलील पेश गर्दै रेग्मीले संविधानले वर्जित गरेका बाहेक कार्यकारीले सबैथोक गर्न पाउने दावी गरेपछि प्रधानन्यायाधीश

जबराले संविधानमा नलेखिएको अधिकार प्रयोग गरेर विघटन गरेको उदाहरण पेश गर्न आग्रह गर्नुभएको हो । जबराले सोधाई थियो, ‘हामीले धारा ७४ मा संसदीय व्यवस्था मान्यौं,

तर यसमा प्रधानमन्त्रीलाई छुट्टै विघटनको अधिकार मानेनौं (रिट निवेदकको दावी) तर यस्तै संविधान भएको, प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार संविधानमा नभएको, तर संसद विघटन

भएको यो दुई सय चानचुन मुलुकमा कुनै छ कि ?’ तर सहन्यायाधिवक्ता रेग्मीको जवाफ थियो, ‘त्यस्तो त मैले भेटेको छैन ।’

यो पनि

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी अगाडि उभिएर संघीयता र गणतन्त्रको पक्षमा अडिग रहने स्पष्ट पारे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आफू सधैं लडिरहने बताए ।

आफूले लोकतान्त्रिक गणतन्त्रका लागि लामो समययता लडेको स्मरण गराउँदै कसैको भ्रममा नपर्न भने ।

ओलीले संघीयता र गणतन्त्रको पक्षमा नारायणहिटी अगाडि उभिएर स्पष्ट पारेपनि धर्मको विषयमा केही बोलेनन्

आजको सभामा ओली निकै संयमित देखिए ।उनले विगतमा जस्तो आध्यात्मिक विषयवस्तुबारे केही बोलेनन् ।

ओलीले हिन्दुराष्ट्र स्थापनाको मुद्दा उठाउन खोजेको विषय उठिरहँदा आज पनि सभामा यसबारे केही स्पष्ट पारेनन् ।

उनले आफू धर्मनीरपेक्षताको पक्षमै रहेको अभिव्यक्ति समेत दिएनन् ।

उनले घुमाउरो भाषामा भने,‘हेर्दै जाऔं के के हुन्छ ।’वैशाखमा चुनाव गर्ने दृढता व्यक्त गरे ।

उनले भनेः चुनाव चुनाव चुनाव । तर, चुनावमा ओलीको राजनीतिक एजेन्डा आज पनि प्रष्ट भएन ।

देशभित्र र बाहिर ओलीले धर्मबारे के भन्छन् भन्ने चासो बढेको छ ।

उनले पशुपतिनाथमा संकल्प पूजा गरिसकेका छन् । उनको हिन्दु धर्मबारेको अभिव्यक्तिबारे चासो बढेको छ ।

तर, ओलीले धर्मास्त्र प्रयोग गर्ने नगर्ने अझै स्पष्ट भएको छैन ।बोल्दा बोल्दै उनी केही छिन रोक्किए ।

सभामा उपस्थितहरु तर्फ उनको ध्यान खिचियो । उनीहरु तर्फ हेदै ओली निकै खुशी भए ।

दुवै हात उठाएर शान्त शान्त भन्न थाले । त्यती बेला उनको गला अवरुद्व भइसकेको थियो ।

ओलीले अंगरक्षकसंग पानी मागे । पानी पिइसकेपछि उनी बोल्न मात्र के लागेका थिए आँखा भरी आँसु बगाए ।

चश्मा खोलेर सेतो रुमाल झिकी आँसु पुछ्न थाले । ओलीले आफू नजिकै आएकालाई चिसो लाग्यो भने ।

तर ओलीले भावविहल भइ आँसु झारेका थिए ।

आज मिति २०७७ माघ २६ गते सोमबार ।

तदनुसार ८ फेब्रुअरी २०२१ । श्री भोलेनाथको दर्शन गरी

आजको राशिफल हेर्नुहोस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगति हुने  छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउने छ । मंगल कार्यको योग छ । मनमा खुसी छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउने छ । मन खिन्न हुने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् । समय अनुकुुलछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज फजुल खर्चले चिन्ता बढाउने छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विशेष यज्ञादी तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । जागिरमा रुची प्रतिष्ठा बढ्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

माघ २६ गते सोमबार