समाचार
भर्खरै शक्तिशाली भूकम्पको धक्का महसुस
काठमाडौं
ताइवनमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
चीन भूकम्प केन्द्र (सीईएनसी) का अनुसार आइतवार स्थानीय समय अनुसार बिहान १ः३६ बजे भूकम्प गएको हो ।
केन्द्रका अनुसार ५.२ रेक्टर स्केल परिमाणको भूकम्प गएको हो ।
भूकम्पले ताइवानको यिलानमा यसको केन्द्र रहेको जनाइएको छ ।
कुनै पनि मानविय क्षति भए नभएको कुनै जानकारी आइसकेको छैन ।
चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको धक्कापछि मान्छेहरुको भागाभाग भएको थियो ।