Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

टिमुर खाँदा फाइदै-फाइदा : यी ६ रोगहरुबाट बचाउँछ टिमुरले !

काठमाण्डौ । विशेषत : अचारको रुपमा प्रयोग गरिने टिमुरलाई दाना तथा धुलो जुन रुपमा पनि प्रयोग गर्न सकिन्छ । तीतो, पिरो तथा जिब्रो पर्पराउने टिमुर गर्मी होस् वा जाडो दुवै समयमा प्रयोग गरिन्छ । त्यसैकारण पनि नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ ।
स्वादमा मिठास थप्ने टिमुरका अनेकौँ फाइदाहरु पनि रहेका छन् । तिमुराले विभिन्न किसिमका रोगहरु निको पार्न समेत मद्दत गर्दछ : 

१. हिमाली क्षेत्रमा यात्रा गर्दा लागेको लेक टिमुरले ठिक हुन्छ ।

२. टिमुरले दाँत दुखेको निको पार्ने ,शक्ति दिने ,जरो, अजिर्ण, हैजा आदी समस्याहरुबाट समेत मुक्ति दिन्छ ।

३. आँखा कम देख्नहरु तथा न्युन रक्तचाप भएका व्याक्तिहरुको लागी टिमुर अचुक औषधी हुन्छ ।

४. टिमुरमा हुने फस्पोरस हाडको लागि निकै फाइदाजनक हुन्छ ।

. टिमुरले हात खुट्टा मर्किएको , टाउको दुखेको र पिनास पनि निको पार्छ ।

६. साथै यसले क्यान्सरको सम्भावना कम गर्ने , पेटको जुका मार्ने र भोक लाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।