म माथि अन्याय भयो सहयोग चाहियो भन्दै रवि लामिछाने मिडियामा (भिडियो हेर्नुहोस् )
भिडियो यो समाचारको अन्त्यमा राखिएको छ
पुरा हेर्नुहोला
रबि लामिछाने न्युज २४ छोडेपछि पहिलो पटक मिडियामा | नबोली यो लडाई जित्छु,मान्छे आँसु झार्न माहिरहुन्छ
यो पनि
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी अगाडि उभिएर संघीयता र गणतन्त्रको पक्षमा अडिग रहने स्पष्ट पारे ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आफू सधैं लडिरहने बताए ।
आफूले लोकतान्त्रिक गणतन्त्रका लागि लामो समययता लडेको स्मरण गराउँदै कसैको भ्रममा नपर्न भने ।
ओलीले संघीयता र गणतन्त्रको पक्षमा नारायणहिटी अगाडि उभिएर स्पष्ट पारेपनि धर्मको विषयमा केही बोलेनन्
आजको सभामा ओली निकै संयमित देखिए ।उनले विगतमा जस्तो आध्यात्मिक विषयवस्तुबारे केही बोलेनन् ।
ओलीले हिन्दुराष्ट्र स्थापनाको मुद्दा उठाउन खोजेको विषय उठिरहँदा आज पनि सभामा यसबारे केही स्पष्ट पारेनन् ।
उनले आफू धर्मनीरपेक्षताको पक्षमै रहेको अभिव्यक्ति समेत दिएनन् ।
उनले घुमाउरो भाषामा भने,‘हेर्दै जाऔं के के हुन्छ ।’वैशाखमा चुनाव गर्ने दृढता व्यक्त गरे ।
उनले भनेः चुनाव चुनाव चुनाव । तर, चुनावमा ओलीको राजनीतिक एजेन्डा आज पनि प्रष्ट भएन ।
देशभित्र र बाहिर ओलीले धर्मबारे के भन्छन् भन्ने चासो बढेको छ ।
उनले पशुपतिनाथमा संकल्प पूजा गरिसकेका छन् । उनको हिन्दु धर्मबारेको अभिव्यक्तिबारे चासो बढेको छ ।
तर, ओलीले धर्मास्त्र प्रयोग गर्ने नगर्ने अझै स्पष्ट भएको छैन ।बोल्दा बोल्दै उनी केही छिन रोक्किए ।
सभामा उपस्थितहरु तर्फ उनको ध्यान खिचियो । उनीहरु तर्फ हेदै ओली निकै खुशी भए ।
दुवै हात उठाएर शान्त शान्त भन्न थाले । त्यती बेला उनको गला अवरुद्व भइसकेको थियो ।
ओलीले अंगरक्षकसंग पानी मागे । पानी पिइसकेपछि उनी बोल्न मात्र के लागेका थिए आँखा भरी आँसु बगाए ।
चश्मा खोलेर सेतो रुमाल झिकी आँसु पुछ्न थाले । ओलीले आफू नजिकै आएकालाई चिसो लाग्यो भने ।
तर ओलीले भावविहल भइ आँसु झारेका थिए ।