बुधबार , साउन १३, २०७८

माघ २८, २९ र ३० गते सार्वजनिक बिदा पूरा पढ्नुहोस्।

माघ २४, २०७७ शनिबार 14

माघ २८, २९ र ३० गते सार्वजनिक बिदा पूरा पढ्नुहोस्।

माघ २८, २९ र ३० गते सार्वजनिक बिदा

काठमाडौं

२४ माघ

तामाङ समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा ३ दिने सार्वजनिक बिदा हुने भएको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ल्होसार मनाउनका लागि माघ २८, २९ र ३० गते बिदा दिने निर्णय गरेको जनाइएको छ ।

नमोबुद्धको नगर कार्यपालिकाको बैठकले ल्होसार मनाउनका लागि माघ २८, २९ र ३० गते बिदा दिने निर्णय गरेको जनाइएको छ ।

तामाङ समुदायको सांस्कृतिक पर्वलाई ल्होसार भनिन्छ । तामाङ समुदायले ल्होसार पर्वका अवसरमा सामाजिक सद्भाव कायम गरी आफन्तजनसँग खुशीयाली मनाउने गरेका छन् ।

तामाङ भाषामा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । नेपाली पात्रोका अनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात् नयाँ वर्ष मान्ने गरिएको छ ।

यो पनि

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी अगाडि उभिएर संघीयता र गणतन्त्रको पक्षमा अडिग रहने स्पष्ट पारे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आफू सधैं लडिरहने बताए ।

आफूले लोकतान्त्रिक गणतन्त्रका लागि लामो समययता लडेको स्मरण गराउँदै कसैको भ्रममा नपर्न भने ।

ओलीले संघीयता र गणतन्त्रको पक्षमा नारायणहिटी अगाडि उभिएर स्पष्ट पारेपनि धर्मको विषयमा केही बोलेनन्

आजको सभामा ओली निकै संयमित देखिए ।उनले विगतमा जस्तो आध्यात्मिक विषयवस्तुबारे केही बोलेनन् ।

ओलीले हिन्दुराष्ट्र स्थापनाको मुद्दा उठाउन खोजेको विषय उठिरहँदा आज पनि सभामा यसबारे केही स्पष्ट पारेनन् ।

उनले आफू धर्मनीरपेक्षताको पक्षमै रहेको अभिव्यक्ति समेत दिएनन् ।

उनले घुमाउरो भाषामा भने,‘हेर्दै जाऔं के के हुन्छ ।’वैशाखमा चुनाव गर्ने दृढता व्यक्त गरे ।

उनले भनेः चुनाव चुनाव चुनाव । तर, चुनावमा ओलीको राजनीतिक एजेन्डा आज पनि प्रष्ट भएन ।

देशभित्र र बाहिर ओलीले धर्मबारे के भन्छन् भन्ने चासो बढेको छ ।

उनले पशुपतिनाथमा संकल्प पूजा गरिसकेका छन् । उनको हिन्दु धर्मबारेको अभिव्यक्तिबारे चासो बढेको छ ।

तर, ओलीले धर्मास्त्र प्रयोग गर्ने नगर्ने अझै स्पष्ट भएको छैन ।बोल्दा बोल्दै उनी केही छिन रोक्किए ।

सभामा उपस्थितहरु तर्फ उनको ध्यान खिचियो । उनीहरु तर्फ हेदै ओली निकै खुशी भए ।

दुवै हात उठाएर शान्त शान्त भन्न थाले । त्यती बेला उनको गला अवरुद्व भइसकेको थियो ।

ओलीले अंगरक्षकसंग पानी मागे । पानी पिइसकेपछि उनी बोल्न मात्र के लागेका थिए आँखा भरी आँसु बगाए ।

चश्मा खोलेर सेतो रुमाल झिकी आँसु पुछ्न थाले । ओलीले आफू नजिकै आएकालाई चिसो लाग्यो भने ।

तर ओलीले भावविहल भइ आँसु झारेका थिए ।