बुधबार , कार्तिक ३, २०७८

रुकुम पश्चिम सदरमुकाम खलंगा बजार सरसफाई

अषोज २७, २०७७ मंगलबार 47

रुकुम पश्चिम सदरमुकाम खलंगा बजार सरसफाई

रुकुम पश्चिम असोज २७

रुकुम पश्चिमकाृ सदरमुकाम खलंगा बजार सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको आयोजना र मुसिकोट नगरपालिका वडा नम्बर १ को सहकार्यमा आज खलंगा बजार सरसफाई गरिएको हो ।
६५ औँ प्रहरी दिवसका अवसर पारी त्रिवेणी चोक देखि कालिका थान हुँदै पुष्पला चोक सम्म र तल्लो बजार हुँदै जिप्रका सम्म सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बजारमा दुर्गन्ध फैलिन नदिन सरसफाई अभियान थालिएको बताइएको छ । अव प्रत्यक साता बजार सरसफाई गरिने प्रहरीले जनाएको छ ।
आज बजार सरसफाई गर्ने क्रममा खलंगा बजारका व्यवासायी तथा स्थानियहरुले लापर्वाहि गरेको पाइएको वडा नम्बर १ का वडा अध्यक्ष विरवल केसीले बताउनुभयो । घरको अगाडी फोहोर थुफोरेको, भान्साबाट निस्कीएको फोहोर जथाभावी फाल्ने गरेको नालीमा पनि फोहोर बनाएको पाइएको वडा अधयक्ष केसीको भनाई छ ।
बातावरण दुर्गन्ध भयो भने विभिन्न सरुवा रोगहरु लाग्ने भएकाले घर आगन वरिपरीको बातावरण सफा राख्न सरसफाईको क्रममा सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।