सोमबार , कार्तिक ८, २०७८

केहिबेरमा ओलीबाट हुँदैछ यस्तो घोषण , आमसभाबाटै भागाभाग हुने निश्चित !

माघ २३, २०७७ शुक्रबार 125

केहिबेरमा ओलीबाट हुँदैछ यस्तो घोषण , आमसभाबाटै भागाभाग हुने निश्चित !

काठमाडौँ

नेकपाको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु राष्ट्र पुनस्थापना गर्न लागेको बताएका छन्।

आइतबार माइतिघरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै पाण्डेले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने देखि राजसंस्था पुनस्थापनाको घोषणा ओलीले गर्न सक्ने अड्कल गरेका हुन्।

ओली समूहले माघ २३ गते नारायणहिटीको दक्षिण गेटमा भेला राखेको प्रसंग जोड्दै हिन्दु राष्ट्र घोषणा र राजसंस्था पुनस्थापना

तर्फ संकेत गर्न त्यस्तो गर्न लागिएको अड्कल पाण्डेले गरेका हुन्।

पाण्डेले ओली अब कम्युनिष्ट नरहेको बताए। ‘अस्ति पशुपतिमा गएर सवा लाख बत्ती बाले, हिजो चितवनमा गएर राम मन्दिर बनाउने घोषणा गरेर आएका छन्।

नयाँ मठाधीश बनेर ओलीले जनतालाई अल्मल्याउने कोशिश गरिरहेका छन्,’ उनले भने।

पाण्डेले २३ गतेको जनसभामा सहभागी हुन राजावादी संघ-संगठन आफ्ना सदस्यलाई उर्दी जारी गरेको आफूले सुनेको बताए।‘

त्यही सभामा ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ। ओलीले यो गर्न सक्छन्।

ओलीको कदमले दक्षिणपन्थी खुसी भएका छन्। उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन्।’

नारायणहिटी अघि जनप्रदर्शन गर्नुको संकेत राजसंस्थाको पुनस्थापना भएको पनि पाण्डेले बताए।

नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले पनि नारायणहिटी अगाडि सभा गरेर ओलीले इतिहास भइसकेको राजतन्त्र र हिन्दु राज्यको मुद्दा ब्युँताउन लागेको बताइन्।

‘सरकारी स्रोत साधनको प्रयोग गरेर पञ्च र्‍याली गर्ने रे। त्यसको सभा नारायणहिटीको गेटमा रे। यसले के संकेत दिन्छ।

संविधान र संघीयता समाप्त गर्ने, हिन्दु राज्य ल्याउने। अनि हिन्दु राज्यसित हिन्दुको अवतार बनेर नेपाली जनताले २०६२/०६३ मै आर्यघाटमा जलाइसकेको प्रतिगामीका कुनै निकायलाई फेरि

पुनर्स्थापित गर्ने एउटा षडयन्त्र छ रे,’ भुषालले भनिन्,’खबरदार केपी ओली तिमीले टाउकामा बोक्न खोजेको प्रतिक्रियावादी शासन व्यवस्था त जनताले २०६२/०६३ मै टुंग्याइदिए।’