Saturday, October 24सुदुर मिडिया द्वारा संचालित
Shadow

आर्थिक हिनामिना गरेको भन्दै पूर्व प्रधानाध्यापकको तलब रोक्का

रुकुम पश्चिम असोज २७/ Bibek Kumar khatri
रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं १ स्थित शितल माध्यमिक विद्यालय पक्रैयाका पूर्व प्रधानाध्यापक हंसबहादुर खड्काले विद्यालयमा आर्थिक हिनामिना गरेको भन्दै निजको प्रथम चौमासिक तलब भत्ता रोक्का गरेको छ । गत सोमबार बसेको सानिभेरी गाउँपालिका शिक्षा समितिको बैठकबाट खड्काको तलब भत्ता रोक्का गर्ने निर्णय गरेको हो ।
शितल मा वि पक्रैयामा यस भन्दा पहिले प्रधानाध्यापकको पद सम्हालेका खड्काले आर्थिक हिनामिना गरेको र अहिले सम्म लेखा परीक्षण समेत नगराएको भन्दै शिक्षा समितिमा विद्यालय व्यवस्थापन समितिले पत्राचार गरेपछी सो निर्णय भएको प्रमुअ प्रशासकीय अधिकृत भूपाल सिं विष्टले जानकारी दिनुभयो ।
पूर्व प्रधानाध्यापक खड्काले विद्यालयको आर्थिक हिनामिनाका साथै विद्यालयमा नियमित हाँजिर समेत नभएको आरोप यसभन्दा पहिले देखिनै लाग्दै आएको छ ।