सोमबार , कार्तिक ८, २०७८

भोलि २३ गते ओली समूहले बन्द गर्ने

माघ २२, २०७७ बिहिबार 37

भोलि २३ गते ओली समूहले बन्द गर्ने

काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार माघ २३ गते काठमाण्डौको नारायणहिटी दरबारको अगाडी आमसभा गर्ने भनेपछि त्यस क्षेत्रका व्यापारीहरुले पसलहरु बन्द गर्ने निर्णय गरेका छन् ।

भोलि बिहीबार प्रचण्ड–माधव समूहले देशव्यापी बन्द गर्ने निर्णय गरेको र शुक्रबार ओली समूहको सभाले पार्ने प्रभावका कारण दरबारमार्गका व्यापारीले यस्तो निर्णय गरेका हुन् ।

दरबारमार्गका व्यापारीहरुले त्यस क्षेत्रमा सभा नगर्न काठमाडौं महानगरपालिकालाई अनुरोध गरेपनि ओली समूहले सो ठाँउमा देशभरबाट कार्यकर्ता जम्मा गर्ने तयारी अन्तिम चरणमा

पुर्याएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

नेकपा प्रचण्ड-माधव समूहले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई प’ क्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

आवश्यक परे प्रचण्डलाई समेत प्र’ काउ गर्न गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको प्रहरीले जनाएको छ ।

काम चलाउ ओली सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा

आज प्रचण्ड-नेपाल समूहले देशव्यापी आम हड्ताल घोषणा गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहका अनुसार बुधबार पसल तथा व्यवसाय खुले निर्वाधरुपमा सञ्चालनका लागि प्रहरीले सुरक्षासमेत दिनेछ ।

कुनै पनि अवरोध, आगजनी वा अन्य कार्य नहोस् भनेर अन्य समयभन्दा बढी सुरक्षा परिचालन गरिएको समेत उनले बताए ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवर पनि भन्छन्, ‘कानूनको कार्यान्वयन गर्ने हकमा नागरिकको मौलिक हक र

स्वतन्त्रतालाई कसैले व्यवधान गर्छ र जोरजबरजस्ती, गैरकानूनी वा हिं’सा’त्मक काम हुन्छ भने प्रहरीले कडा प्रतिक्रिया जनाउँछ ।’

त्यसका लागि उपत्यकामा महानगरीय प्रहरी कार्यालयसहित विभिन्न प्रदेश र जिल्लामा रहेका प्रहरी इकाइबाट विशेष योजना नै बनाएर सुुरक्षा प्रबन्ध मजबुत बनाइएको उनी बताउँछन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल शान्तिपूर्णबाहेकका गतिविधिलाई निषेध गर्ने गरी योजना बनाइएको बताउँछन् । ‘

डर, ध’म्की देखाउने, जबरजस्ती रोक्ने जस्ता कार्यलाई प्रहरीले रोक्छ’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले भने ।

प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली निगरानीका लागि खटाइनेछ ।

आन्दोलन हिं’सा’त्मक हुनखोजे परिचालनका लागि तत्काल नयाँ रणनीति अख्तियार गरिनेछ । ब्याकअपका लागि छुट्टै टोली समेत तयारी अवस्थामा रहने भनिएको छ ।

प्रहरी परिचालन व्यापक बनाएर हरेक कुनाकाप्चामा निगरानी राखिने केन्द्रीय प्रवक्ता कुँवर बताउँछन् ।

बन्द सफल पार्न सडकमा निस्किएका प्रचण्डले दिए यस्तो प्रतिक्रिया

कपा प्रचण्ड-माधव समूहले आयोजना गरेको बन्द सफल पार्न आफै सडकमा निस्केका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा संयुक्त आन्दोलन हुने चेतावनी दिएपछि

बालुवाटारमा तरङ्ग पैदा भएको छ। उनले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।

एक महिनाअघि संसद बिघठन गरेर देशमा अस्थिरता ल्याउन खोजेका ओलीले संवैधानिक निकायहरुमा असंबैधानिक

नियुक्ति गरेर अर्को मनपरी गरेको भन्दै उक्त कदमको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर यस्तो प्रतिक्रिया दिएका छन्।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर

संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए ।

यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले

बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’

संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए । उनले अघि भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ ।

सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ ।’

प्रचण्ड आफै सातदोबाटो क्षेत्रमा बन्द सफल पार्न निसकिएका छन् भने माधव नेपाल कोटेश्वर क्षेत्रमा छन् । त्यस्तै बागबजार रत्नपार्क क्षेत्रमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरु

खटिएका छन् । यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।